ललितपुर क्षेत्रका पत्रकारका लागि सेवाकालिन तालिम सुरु


२५ कार्तिक २०७४, शनिबार
bir bahadur rai journalist asociation lalitpur 1

ललितपुर : ललितपुर क्षेत्रबाट काम गरिरहेका पत्रकारहरुको क्षमता अभिबृद्धिको लागि पत्रकार सेवाकालिन तालिम सञ्चालन सुरु भएको छ । सूचना विभागको आयोजना तथा पत्रकार महासघं ललितपुर शाखाको संयोजनमा शुक्रवारबाट लगनखेलमा तालिम सुरु भएको हो । बिहीबारबाट सुरु भएको तालिम ३ दिन सम्म चल्नेछ ।

bir bahadur rai journalist asociation lalitpur 1
तालिमको पहिलो दिन सूचना विभागको महानिर्देशक वीर बहादुर राईले विभागले पत्रकारहरुको लागि गरहेको कामका साथै अगामी योजनाहरू बारेमा जानकारी गराएका थिए । उनले सूचना विभाग पत्रकारहरुको पेशागत अभिबृद्धि तथा विकासको लागि निरन्तर लागिरहेको बताए ।
कार्यक्रममा शाखाका अध्यक्ष ज्ञान प्रसाद पौडेलले शाखाले आफ्नो क्षेत्रबाट पत्रकारिता गरिरहेका पत्रकारहरुको क्षमता अभिबृद्धिको निरन्तर कार्यक्रम तथा तालिम सञ्चालन गरिरहेको जानकारी दिए ।
यस्तै प्रमुख प्रशिक्षक सुरेश आर्चायले पहिलो दिन नेपालको पत्रकारिता इतिहास, विषयवस्तु धार तथा समाचार कसरी विश्वासनिय बनाउने भन्ने विषयमा प्रशिक्षण दिएका थिए ।
यसै गरी नागरिक पब्लिकेशनको सम्पादक तथा प्रशिक्षक गुणराज लुँइटेलले समाचारको स्रोत र प्रभावको विषयमा प्रशिक्षण दिएका थिए ।

journalist asociation lalitpur 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७