‘कार्टुन्ज क्रु’को नयाँ गीत ‘दिलको भित्तैमा’ सार्वजनिक (भिडियाेसहित)


२४ कार्तिक २०७४, शुक्रबार
cartoon crew

काठमाडौँ : चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रु’को नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘दिलको भित्तैमा’ बोलको गीत बिहीबार युटुब मार्फत सार्वजनिक भएको हो । म्युजिक भिडियो भित्र राम्रो कथावस्तु बनाएर प्रस्तुत गर्ने  ग्रुपले यस गीतलाई पनि पृथक् शैलीमा प्रस्तुत गरेका छन् ।

cartoon crew

मिलन विष्टको शब्द रहेको गीतको एरेन्ज अल्मोडा राना उप्रेतीले गरेका छन् । भने अल्मोडा राना उप्रेती , यन्जिला रेग्मी र नवीन रावलको स्वर दिएका छन् ।
कार्टुन्ज क्रुका सरोज अधिकारीको निर्देशनमा निर्माण भएको भिडियोमा सरोज र आश्मा विश्वकर्माको कोरियोग्राफी रहेको छ । भने सुमुहका सदस्य सरोज र रिमाका साथै लाक्पा लामा, राम घले, सुबिन अधिकारी तथा विकास राईको फिचरिङ रहेको छ ।

गीतमा होस्टेलमा साथीहरूसँग गरिने रमाइलो तथा प्रेम समबन्ध देखाईएको छ । होस्टेलमा गरिएको रमाइलो वार्डेनले थाहा पाउँदाको परिणाम निकै नै रमाइलो तरिकाले प्रस्तुत गरिएको छ । भिडियो एक महिनाको अभ्यास पछि तयार भएको बताउँदै समूहका सदस्य अधिकारीले दर्शक मन पराइ दिने विश्वास व्यक्त गरे । उनले भने,‘ हाम्रो समूहले एक महिनाको अभ्यासपछि तयार गरेको छौँ, नतिजा राम्रै आउला ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७