प्राविधिक कार्यालयका प्रमुख २० लाख घुससहित पक्राउ


२४ कार्तिक २०७४, शुक्रबार
ghus पक्राउ

काठमाडौं: भीमदत्तनगर नगरपालिकामा जिल्ला प्राविधिक कार्यालयका प्रमुख (डिई) केदार शर्मा २० लाख घुसहित पक्रका परेको छ ।

ghus पक्राउ
शुक्रवार अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नं ७ को सम्पर्क कार्यालय भीमदत्तनगरले शर्मालाई ६ लाख नगद र १४ लाखको चेकसहित पक्राउ गरेको हो । शर्मा र पाण्डेले निर्माण व्यवसायीबाट घुस लिएको प्रारम्भिक जानकारी आएको छ ।
शर्मामा आफ्नै निवासबाट पक्राउ परेको छ । उनीसंगै प्राविधिक कार्यालयका सवइन्जिनियर डण्डीराज पाण्डे पनि अख्तियारले पक्राउ गरेको छ । उनहिरुको साथमा नेपाल बङ्गलादेश बैङ्कको १४ लाखको चेक रहेको अख्तियारल बताएका छन् ।
अहिले घट्ना स्थलमा घटनास्थलमा मुचुल्का भइरहेको छ । घटनाको विस्तृत विवरण केही समयपछि आउने बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७