कम्युनिष्टहरुले फेरि ‘राष्ट्रपतीय प्रणाली र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको विवाद निकाल्छन्’


२४ कार्तिक २०७४, शुक्रबार

भद्रपुर(झापा), २४ कार्तिक : नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभाका क्षेत्र नम्बर १ झापाका उम्मेद्वार विश्वप्रकाश शर्माले देश समृद्धि तर्फको बाटोमा लैजानको लागि नेपाली कांग्रेसलाई आसन्न निर्वाचनमा जिताउनु बताएका छन् । झापाको १ नम्बर क्षेत्र अन्तर्गत भद्रपुर ९ को मिल चोक, मेचीनगर १५ स्थित ज्यामीरगढी र मेची नगर ६ स्थित मेची डाँडामा भएको कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

Biswa Prakash Sharma

नेता शर्माले आजसम्म नेपालको आर्थिक विकास सुस्त हुनुको कारण राजनीतिक अस्थिरता भएको बताए । त्यसको मूलकारक कांग्रेसलाई कमजोर पार्ने तात्कालिन दरबार र कम्युनिष्टहरु रहेको बताए । उनले नेपाली कांग्रेसको नेतृत्वमा देशले संविधानसभाबाट संविधान प्राप्त गरी राजनीतिक व्यवस्थाको टुंगो लागिसकेकोले अब जनताको आकांक्षा अनुरुपको आर्थिक सामाजिक विकास गर्नुपर्ने चरणमा मुलुक प्रवेश गरेको बताए ।

‘कांग्रेसबाहेक कसैले यो अभिभारा पूरा गर्न सक्दैन,’ नेता शर्माले भने,’कम्युनिष्टहरु फेरि राष्ट्रपतीय प्रणाली र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको विवाद निकालेर राजनीतिक अस्थिरता नै ल्याउन खोजिरहेका छन् उनीहरु मुलुकलाई आर्थिक विकासतिर जानै दिदैनन् ।’

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७