भारतबाट उद्धार गरिएको गैँडा निकुञ्जमा छाडियो


२४ कार्तिक २०७४, शुक्रबार
गैँडा raino

चितवन: भारतको वाल्मीकि टाइगर रिजर्भबाट उद्धार गरी ल्याइएको एउटा गैँडालाई शुक्रबार बिहान सौराहाको जनकौलीबाट चितवन राष्ट्रिय निकुञ्जमा छाडिएको छ ।गैँडा raino

वन सचिब डा। युवकध्वज जिसी, निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्का, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य–सचिव गोविन्द गजुरेल लगायतको उपस्थितिमा गैँडा छोडिएको हो ।गत साउन अन्तिम साता आएको बाढीका कारण बगाएर भारत पु¥याएको सो गैँडालाई बिहीबार उद्धार गरी गए राति सौराहा ल्याइएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार बाढीले बगाएर भारत पुर्याई उद्धार गरिएको यो नवौँ गैँडा हो । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकका अनुसार भारतको वाल्मीकि टाइगर रिजर्भको मदनपुर क्षेत्रबाट अन्दाजी १५ वर्षको पोथी गैँडालाई उद्धार गरिएको हो । मदनपुर क्षेत्र नेपालको सीमा क्षेत्रबाट २० किलोमिटर पूर्वतर्फ पर्दछ ।

नेपालबाट लगेका चार हात्ती र झण्डै ७० जना जनशक्तिको दिनभरको प्रयासबाट विहीबार दिउँसो गैँडालाई नियन्त्रणमा लिइएको पाठकले बताउनुभयो । डाट गरेर गैँडालाई बेहोस बनाई ट्रकमा राखेर साँझ नेपालतर्फ ल्याइएको हो ।

भारतकै उत्तर प्रदेशमा पनि अर्को एक गैँडा देखिएको पाठकले बताउनुभयो । नेपालको सीमा क्षेत्रबाट झण्डै ६० किलोमिटर टाढा वन क्षेत्रमा गैँडा देखिएको सूचना प्राप्त भएको हो । सो क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्जको एक टोली अवस्था बुझ्नका लागि आज त्यसतर्फ जाँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७