काठमाडौं ८ ‘किल्ला’जोगाउने र भत्काउनेको लडाइँ


२४ कार्तिक २०७४, शुक्रबार
ktm 8 5a04fe026525a5.46458509

काठमाडौं:  बहुदलकालका तीन चुनावमा तीनैपल्ट लालकिल्ला तर पछिल्ला दुई संविधानसभा चुनावमा लगालग कांग्रेसको वर्चश्व । काठमाडौं ८ को चुनावी माहोल तताउन इतिहासका यी दुई दृष्टान्त पर्याप्त छन् । कांग्रेसका नवीन्द्रराज जोशी र एमालेका जीवनराम श्रेष्ठ यही ‘दृष्टान्त दोहोर्‍याउनेु योजनामा छन् ।यो समचार अन्नपुर्ण पोष्टमा सागर पण्डित लेखेका छन् ।ktm 8 5a04fe026525a5.46458509

०६४ र ०७० को संविधानसभा निर्वाचन जितेका जोशीसामू श्रेष्ठको बलियो चुनौती छ । ०४८, ०५१ र ०५६ सालको आमनिर्वाचनमा भने यो क्षेत्र एमालेले जितेको थियो । जोशी ह्याट्रिक गर्ने तयारीमा छन् भने श्रेष्ठ कांग्रेस ‘किल्लाु भत्काउने सुरमा ।
२०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछि २०४८ सालमा भएको पहिलो आमनिर्वाचनमा गणेशमान सिंहका छोरा प्रकाशमान सिंह र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालकी पत्नी सहाना प्रधानबीच यो क्षेत्रमा प्रतिस्पर्धा भएको थियो । त्यसबखत प्रधान विजयी भइन् । त्यसपछि २०५१ सालको मध्यावधिमा एमालैकै राजेन्द्र श्रेष्ठ र २०५६ को आमनिर्वाचनमा पनि एमालेकै मंगलसिद्धि मानन्धरले विजय पाए ।

यतिखेर जोशी र श्रेष्ठ दुवै आ(आफ्नो जितमा ढुक्क देखिएका छन् । क्षेत्र ८ को निर्णायक मानिएको १५ नं। वडाको डल्लु आवास क्षेत्रमा बिहीबार घरदैलो गर्दैगर्दा भेटिएका कांग्रेस उम्मेदवार जोशीले आफू जित्नेमा ढुक्क रहेको बताए । ‘राजनीतिक र सामाजिक रूपमा समर्पित भएका व्यक्तिलाई यहाँका जनताले राम्ररी छुट्याउने छन्, मैले यो समाजका लागि के-कस्तो काम गरेको छु भन्ने उनीहरूले हेरिरहेकाले मलाई न्याय गर्ने छन् भन्नेमा विश्वस्त छुु, उनले भने ।
जोशीले डल्लु आवास क्षेत्रमा बुधबार मात्रै चुनाव प्रचार(प्रसार समितिको कार्यालय स्थापना गरी औपचारिक रूपमा चुनावी अभियान थालेका छन् । जोशीले डल्लु आवास क्षेत्रबाट घरदैलो थाल्दै गर्दा प्रतिस्पर्धी एमालेका श्रेष्ठ भने अनौपचारिक भेटघाटमै व्यस्त छन् । उनले औपचारिक रूपमा घरदैलो अभियान सञ्चालन नथाले पनि वडा नं। १५ को कार्यालय प्रांगणमै मतदातासँग मत माग्न थालिसकेका छन् । ‘अब हामी पुरानो इतिहास कायम राख्ने छौं । यो क्षेत्रमा वामपन्थीको फूल फुलिसक्यो, त्यसलाई गोडमेल गर्ने तयारी थालिसकेको छुु, उनले भने ।

श्रेष्ठले २०४८ देखि २०५६ सालसम्म आठ नम्बर क्षेत्रमा वामपन्थी हावी हुँदै आए पनि बीचमा पार्टी विभाजनका कारण केही समय अरुले अवसर पाएको दाबी गरे । ‘यो क्षेत्र भनेको वामपन्थीलाई अत्यधिक माया गर्नेहरूको आधारभूमि हो । हामी २०४८ सालदेखि निरन्तर जित्दै आएका हौं । २०६४ र २०७० मा वामपन्थीको भोट बैंक विभाजित हुँदा हार्नुपरेको होु, उनले भने ।

कांग्रेसका उम्मेदवार जोशीले भने वामपन्थी गठबन्धनले आफूहरूको जितमा कुनै असर नगर्ने बताए । ‘मेरो जित निश्चित छ, यहाँका मतदाताले मलाई असाध्यै माया गर्नुहुन्छ । म अहिले भर्खरै घरदैलो गरेर आएँ, मलाई लाग्छ यति रेस्पोन्स र माया पाउने कमै व्यक्ति हुन्छन्, जोशीले आफ्नो जितको आधार सुनाउँदै भने । एमाले उम्मेदवार श्रेष्ठले भने जोशीले १० वर्षसम्म सांसद हुँदा यस क्षेत्रको विकासमा संवेदनशीलता देखाउन नसकेकाले यहाँका जनताले अब विकल्प खोज्ने दाबी गरे । ‘अब मानिस सचेत भइसकेका छन्, १० वर्ष उनले सांसद भएर काम गर्दा पनि यस क्षेत्रमा कुनै काम भएन भन्ने असन्तुष्टि यहाँका मतदातामा छु, उनले भने ।

स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने यो क्षेत्रमा वामपन्थी गठबन्धन कांग्रेसभन्दा अगाडि छ । क्षेत्र ८ मा काठमाडौं महानगरपालिकाका १३, १५, १९, २०, २३ र २४ वडा तथा नागार्जुन नगरपालिकाको ४ र ५ वडा पर्छन् । स्थानीय तहमा यो क्षेत्रमा एमाले र माओवादी केन्द्रको गठबन्धनको पक्षमा १६ हजार ३ सय ४९ मत र कांग्रेस(राप्रपाको लोकतान्त्रिक गठबन्धनको १३ हजार १ सय १९ मत खसेको थियो ।

वाम गठबन्धनका साझा उम्मेदवारका रूपमा रहेका एमालेका श्रेष्ठ लोकतान्त्रिक गठबन्धनभन्दा सशक्त भएको र संघीय समाजावादी फोरमले पनि समर्थन गरेकाले आफ्नो जित सुनिश्चित भएको दाबी गर्छन् । श्रेष्ठले आफ्नो जित सुनिश्चित हुनुको थप आधार सुनाउँदै भने, ‘यहाँका ५ वटा वडामध्ये १५ र १३ मा मात्रै २५ हजारभन्दा बढी मतदाता छन्, यी दुई वडा निर्णायक पनि हुन् । यी दुवैमा स्थानीय तहमा एमालेले शानदार विजय हासिल गरेको छ । जोशीले भने स्थानीय निर्वाचनलाई जितको आधार बनाउन नमिल्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७