सदस्य समेत नरहने गरी १० माओवादी नेता पार्टीबाट निष्काशित


२३ कार्तिक २०७४, बिहीबार
maoist center oppfic

काठमाडौं: नेकपा (माओवादी) केन्द्रका १० जना नेता पार्टीको सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशित भएका छन् ।
पार्टीले वाम गठबन्धदनको उम्मेदवारी दिएका समर्थक र प्रस्तावकलाई माओवादी केन्द्रले पार्टी सदस्य समेत नरहने गरी अनुशासनको कारबाही गरेको हो ।

maoist center oppfic
पार्टीबाट निष्काशित हुनेमा ३ पोलिटव्यूरो सदस्य र ७ जना केन्द्रीय स्तरका नेता रहेका छन् ।
प्रतिनिधिसभा सदस्यको लागि सल्यानबाट उम्मेदवार बनेका टेकबहादुर बस्नेतबिरुद्ध बागी उम्मेदवारी दिएका पोलिटव्यूरो सदस्य उमाकान्त शर्मा, प्रतिनिधिसभा सदस्य उम्मेदवार हुम्लाबाट बनेका छिमिदोर्जे लामाबिरुद्ध बागी उममेदवारी दिने पोलिटव्यूरो सदस्य छक्कबहादुर लामा, सल्यानबाटै प्रदेश ‘क’ मा बागी उमेदवारी दिएका पोलिटव्यूरो सदस्य भिमप्रकाश शर्मालाई माओवादी केन्द्रले कारबाही स्वरूप पार्टीबाट निष्कासन गरेको हो ।
त्यस्तै प्रदेशसभा सदस्यको लागि उम्मेदवा बनेका सल्यान ‘ख’ बाट बागी उम्मेदवारी दिएका आयोजक समिति सदस्य जितबहादुर पुनलाई पनि पार्टी सदस्य नरहने गरी माओवादी केन्द्रले कारबाही गर्दै पार्टीबाट निष्कासन गरेको छ ।
सल्यानका बागी उम्मेदवारहरुका प्रस्तावक र समर्थक आयोजक समिति सदस्यहरू प्रमोद श्रेष्ठ, शालिकराम भट्टराई, सेतीरा ओली, हरिलाल डिसी, टंक ढकाल र कीर्तिबहादुर रानालाई माओवादी केन्द्रले पार्टीको सदस्य समते नरहने गरी निष्कासन गरेको छ ।

maiost member out of party

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७