कांग्रेसले कुरुप पारेको काठमाडौं मैले सुधार गर्दे छु : मेयर शाक्य


२३ कार्तिक २०७४, बिहीबार
Biday sundar sakya

काठमाडौ : काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंलाई बिग्रन्नुमा नेपाली कांग्रेस मुख्य दोषी रहेको बताएका छन् ।  नेकपा (एमाले) महानगयर वडा ८ समितिद्वारा बिहीबार आयोजित कार्यक्रममा मेयर शाक्यले काठमाडौँको दुईतिहाइ निर्वाचन क्षेत्रमा कांग्रेस जितेपछि विकास निर्माण शिथिल बनेको बन्दै मुख्य दोषी भएको बबताएको हो ।

Biday sundar sakya
‘२०५४ को स्थानीय निर्वाचनपछि विकास निर्माणले गति लिन थालेको थियो । तर पदावधि सकिएपछि सबै अधिकार सांसदहरुमा गयो’, शाक्यले भने, ‘२०६४ पछि काठमाडौका अधिकांश स्थान कांग्रेसले जितेको छ, अहिले पनि ८ जना सांसद छन, तिनले अहिलेसम्म खोइ के काम गरे ?’

राज्य सञ्चालकहरुको बसोबास रहेको काठमाडौँ सफा नहुँदाको दोषचाहिँ एक्लै आफूले लिनुपरेकोमा शाक्यले आपत्ति जनाए । ‘अहिले पनि प्रधानमन्त्री कांग्रेसका छन । ६४ जना मन्त्री यही बस्छन्, तिनले आफू बसेका ठाउँको लागि केही गर्नु पर्दैन रु’, शाक्यले आक्रोस पोखे, ‘मेयर एमालेले जितेको ५ महिना नभइ अहिल्यै केही गरेन भन्ने रु कांगेसले कुरुप पारेको काठमाडौँको दोष अहिले मैले खेप्दैछु ।’

मेयर शाक्यले ८ मिटर भन्दा कम चौडाईको सडक निर्माण मात्र महानगरको दायित्व भित्र पर्ने उल्लेख गर्दै ती भन्दा ठूला सडक क्षेत्राधिकार भित्र नपर्ने बताए ।

‘अहिले पनि प्रधानमन्त्री कांग्रेसका छन । ६४ जना मन्त्री यही बस्छन्, तिनले आफू बसेका ठाउँको लागि केही गर्नु पर्दैन ?’, शाक्यले आक्रोस पोखे, ‘मेयर एमालेले जितेको ५ महिना नभइ अहिल्यै केही गरेन भन्ने ? कांगेसले कुरुप पारेको काठमाडौँको दोष अहिले मैले खेप्दैछु ।’

‘सडक टेण्डरको धरौटी वापतको ६५ करोड लिएर बसेको सडक विभागले जिम्मेवारी लिनुपर्छ कि पर्दैन ?’, उले प्रश्न गरे, ‘सरकार स्थानीय तहको अधिकार खोस्नेतर्फ लागेको छ, दिइएको अधिकार अनुसार पनि काम गर्न दिइएको छैन । स्वीकृतिको लागि पठाइएका फाइल मन्त्रालय र विभागतिर अड्काउने, अनि काम गरेन भनेर गाली गर्ने ?’

शाक्यले मेलम्चीको लागि खनिएका सडक मंसिर १५ भित्रै कालोपत्रे गर्न महानगरले सरकार र सडक विभागको ध्यानाकर्षण गराएको जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७