प्रचण्डलार्इ जिताऔँ भन्दै बद्री पंगेनीले यस्ताे गीत


२३ कार्तिक २०७४, बिहीबार
Badri Pangeni

काठमाडौं : प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल तात्दै गएको छ । उम्मेदवारहरू आआफ्ना पक्षमा माहोल बनाउन सबै उपाय अपनाइरहेका छन् । विशेषगरी गीतसंगीतमार्फत् चुनावी माहोल आफ्नो पक्षमा पार्न उम्मेदवारहरू जुटेका छन् ।

Badri Pangeni

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन ३ बाट प्रतिस्पर्धामा छन् । वाम गठबन्धनबाट उम्मेदवार बनेका उनलार्इ कांग्रेसको समर्थन रहेका राप्रपाका विक्रम पाण्डे चुनौती बनेका छन् । तर, प्रचण्डलार्इ जिताउन बद्री पंगेनीसमेत अगाडि आएका छन् ।

लोकदोहोरी विधाका चर्चित, नेपाल लोकदोहोरी प्रतिष्ठानका अध्यक्षसमेत रहेका पंगेनीलगायतका कलाकारले प्रचण्ड जिताऔँ भन्ने गीत गाएपछि अहिले सो गीत चर्चित बन्दै गएको छ ।

https://youtu.be/lIx9iOuzye0

गत स्थानीय तहको निर्वाचनमा बद्री पंगेनीको मै पनि एमाले सही पनि एमाले भन्ने गीतले निकै चार्चा बटुलेको थियो । यो प्रचण्ड जिताऔं गीत पनि उस्तै चर्चा बटुल्नेमा पंगेनी आशावादी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७