एमालेबाट निर्वाचित वडा अध्यक्ष काँग्रेसमा प्रवेश 


२३ कार्तिक २०७४, बिहीबार
formula

कलैया : नेकपा (एमाले)बाट कलैया उपमहानगरपालिका-१९ का नवनिर्वाचित वडा अध्यक्ष लतिफ मिया ठकुराई नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांगेसले कलैयाको उपमहानगरपालिका-१९ रघुनाथपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा प्रवेश गरेका हुन् ।formula
प्रवेश गर्नेहरूमा वडा नं. १९ का स्वतन्त्र वडा अध्यक्षका प्रत्याशी उम्मेदवार रामनारायण साह तेली, माओवादी केन्द्रका गाउँ कमिटी उपाध्यक्ष महमद गनी मिया ठकुराई, राजपाका गाउँ कमिटीका अध्यक्ष श्रीराम पाण्डे, माओवादी केन्द्रकै शर्मा प्रसाद जयसवाल, जयराम पण्डित, विद्यानन्द पाण्डेय सहित सात सय जना  छन् ।
नव प्रवेशीहरुलाई श्रम तथा रोजगार मन्त्री एवम् क्षेत्र नं. ३ का प्रतिनिधि सभाका उम्मेदवार फरमुल्लाह मंसुर क्षेत्र नं. ३ को २ का प्रदेश सभाका उम्मेदवार एवम् नेपाली काँग्रेस बाराका सभापति जयचन्द्र चौरसिया, नेपाली काँग्रेस क्षेत्र नं. ३ का क्षेत्रीय सभापति फुलमहमद मंसुर, महासमिति सदस्य अतिउर रहमानले स्वागत गरेका थिए ।
पार्टी प्रवेश कार्यक्रममा मंसुरले मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजानको लागि नेपाली काँग्रेसलाई जिताउनु पर्ने बताए । उनले मुलुकमा नयाँ संविधान आईसकेको र अब आर्थिक उन्नतिका लागि नेपाली काँग्रेसलाई विजयी बनाउनुपर्ने बताएका हुन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७