निर्वाचनमा विप्लव माअाेवादीबाट सुरक्षा खतरा, हाई अलर्टमा सुरक्षा निकाय


२३ कार्तिक २०७४, बिहीबार
netra bikram chand

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा सुरक्षा थ्रेट बढेको भन्दै प्रहरीले मातहत निकायलाई हाई अलर्टमा राखेको छ । प्रहरीले सातै प्रदेशका एआईजीलाई यस सम्बन्धमा अलर्ट गराइसकेको छ भने त्यस मातहतका सबै जिल्लाका प्रहरी प्रमुख, सशस्त्र प्रहरी एवं नेपाली सेनासँग समन्वय गरी सुरक्षाका सबै विधि अवलम्बन गर्न निर्देशन दिइसकेको छ ।

netra bikram chand
प्रत्यक्षतर्फको उम्मेदवारी दर्तासंगै उम्मेदवारहरु प्रचारप्रसारमा व्यस्त छन् । उम्मेदवार एवं उनका समर्थकहरुका बिचमा हुनसक्ने झडप निर्वाचनमा खटिने कर्मचारीको सुरक्षा, जस्ता विषयलाई ध्यान दिन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको हो ।
प्रहरी प्रधान कार्यालयले जनशक्तिको करिब ९० प्रतिशत चुनावी सुरक्षाका लागि खटिएको जनाएको छ । ‘निर्वाचन कार्यतालिका सार्वजनिक भएदेखि मतगणना सकिएर विजय सभासम्म नेपाल प्रहरी सुरक्षाका लागि खटिनेछ,’ प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज न्यौपानेले भने । उनका अनुसार कार्यालय सुरक्षाबाहेक सबै जनशक्ति निर्वाचनमा खटिनेछन् ।
पहिलो चरणको निर्वाचन सुरक्षा दृष्टिकोणले सहज रहेको भनिए पनि हिमाली तथा पहाडी जिल्ला भएकाले मौसमले साथ नदिने विश्लेषणसहित थप मद्दतका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा राखिन्ने छ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले उम्मेदवार तथा दलका कार्यकर्तालाई तर्साउन सक्ने भन्दै सो पार्टीविरुद्ध ‘हाई अलर्ट’मा रहन निर्देशन दिइएको छ । विप्लवबाहेक निर्वाचनविरोधी अरू कुनै सङ्गठन नभएको र योजना गरिएभन्दा धेरै सुरक्षाकर्मी खटिने भन्दै मद्दती फौज तैनाथ गरी मातहत निकायलाई भरपर्दो सूचना प्रवाह गर्न पनि निर्देशन दिएको छ ।
गृह मन्त्रालयले मतदान केन्द्रहरूलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन वर्गमा विभाजन गरिसकेको अवस्थामा प्रहरीले प्रारम्भिक सुरक्षा अवस्थाबारे जानकारी गराएपछि सशस्त्र तथा नेपाली सेनालाई कति सङ्ख्यामा खटाउने भन्ने निक्र्योल गर्नेछ । अतिसंवेदनशील मतदान केन्द्रमा प्रहरी निरीक्षक र संवेदनशील तथा सामान्य मतदान केन्द्रमा कम्तीमा सइ÷असइको नेतृत्वमा प्रहरी खटिनेछन् ।
यता महानगरीय प्रहरी आयुक्त कार्यालयमा निर्वाचन सुरक्षा केन्द्रित विशेष छलफल भएको छ । महानगरीय आयुक्त कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) जयबहादुर चन्द, नेपाली सेनाका उपत्यका पृतनापति, प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश केसी, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख (डीआईजी) सर्वेन्द्र खनालसहित सशस्त्र प्रहरी बलका डीआईजी, उपत्यका प्रमुख र प्रमुख जिल्ला अधिकारीहरूले निर्वाचन शान्तिपूर्ण, स्वच्छ, निष्पक्ष एवं मर्यादित बनाउँनमा छलफल गरेका छन् ।
नेपाली सेनाले पनि निर्वाचन केन्द्रित पृतनापतिहरूको भेला गरिसकेको छ । सैनिक मुख्यालयमा भएको सो भेलामा निर्वाचन सुरक्षाको विषयमा छलफल भएको थियो । छलफलमा सम्बन्धित विभागबाट सुरक्षा अवस्थाको विश्लेषण तथा समीक्षा प्रस्तुत भएको थियो भने सबै पृतनापतिले आआफ्ना क्षेत्रको निर्वाचन सुरक्षा योजना प्रस्तुत गरेका छन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७