मताधिकारबाट वञ्चित गरिए आन्दोलन : ट्रेड युनियन


२२ कार्तिक २०७४, बुधबार
Nayapage नयाँपेज नेपालकाे नम्बर . १ अनलाइन

काठमाडौं: आसन्न मंसिर २१ र १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा निजामती कर्मचारीले आफूहरूलाई मताधिकार गर्नबाट वञ्चित गर्न खोजिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

Nayapage नयाँपेज नेपालकाे नम्बर . १ अनलाइन
निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले बुधबारसिंहदरबारमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरूले संविधानले नै १८ वर्ष पुगेका नागरिकलाई मताधिकार सुनिश्चित गरेको अवस्थामा आफूहरूलाई मतदान गर्नबाट वञ्चित गरिन नहुने तर्क गरे ।
युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले हरेक निर्वाचनमा कर्मचारीले मताधिकार प्रयोग गर्न पाएको उल्लेख गर्दै आसन्न निर्वाचनमा पनि मताधिकारको प्रयोग गर्न दिइनुपर्ने माग राखेका छन् ।
यसपटकको निर्वाचनमा आफूहरूलाई मतदान गर्नबाट वञ्चित गरिए चुप लागेर नबस्ने उनको भनाइ थियो ।
‘निर्वाचन कार्यालयलाई कर्मचारीलाई मताधिकार प्रयोग गर्न दिनेबारे पटक पटक जानकारी गराएका छौं’, उनले भने ‘पाँच लाख कर्मचारीको अधिकार खोस्न पाइँदैन । हाम्रा मागलाई सम्बोधन नगरे आवश्यक पर्दा आन्दोलन गर्छौं ।’
यसैगरी, नेपाल निजामती कर्मचारी युनियन (संघ)का कार्यवाहक अध्यक्ष जीतबहादुर मडैले मतदान प्रक्रियामा सहभागी जनाउन लागि आयोगलाई खबरदारी गर्ने बताए ।
}यसैगरी, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि रावल र नेपाल मधेशी निजामती कर्मचारी संगठनका अध्यक्ष भुवनेश्वर चौधरीले निर्वाचनमा खटिने कर्मचारीलाई मतदानबाट वञ्चित गरे कठोर निर्णय लिइने बाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७