अमेरिकी राष्ट्रपति ट्रम्प चीन पुगे


२२ कार्तिक २०७४, बुधबार
दक्षिण कोरियाबाट अमेरिकी राष्ट्रपति ट्रम्प चीन पुगे trup

बेइजिङ: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार चीन पुगेका छन्। उनी बुधबार अपरान्ह चीनको राजधानी बेइजिङ पुगेका समाचारमा जनाइएको छ।दक्षिण कोरियाबाट अमेरिकी राष्ट्रपति ट्रम्प चीन पुगे trup

चीनको राजकीय भ्रमणका क्रममा उनी आज दक्षिण कोरियाबाट चीन पुगेका हुन्। एसिया भ्रमणका क्रममा उनी गत आइतबार जापान पुगेका थिए।

गत जनवरीमा अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि उनी पहिलो पटक चीन भ्रमणमा गएका हुन्।दुई हप्तामात्र अघि चीनमा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनपछि चीन भ्रमण गर्ने राष्ट्रपति ट्रम्प नै पहिलो विदेशी राष्ट्रपति हुन्।

उनको यो तीन दिने राजकीय भ्रमण भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन्। राष्ट्रपति ट्रम्प एसियाका विभिन्न पाँच देशको १२ दिने औपचारिक भ्रमणमा छन्। रासस रसिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७