लालबाबु पडिण्त घरदैलो अभियानमा (फोटोफिचर)


२२ कार्तिक २०७४, बुधबार
lalbabu pandit 5

बेलबारी(मोरङ) : मोरङ क्षेत्र नं. ६ का उम्मेदवार तथा पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले घरदैलो अभियान सुरु गरेका छन् । मन्त्री रहदा चर्चित रहेको पडिण्तलाई अहिले चुनावी घर दैलो अभियानमा उत्साहका साथ युवा, वृद्ध, महिला तथा केटाकेटीले समेत दिइरहेका छन् ।
अभियानमा साथ दिने जनताको उत्साहका आधारमा उनको जित सुनिश्चित जस्तै भएको घरदैलोमा सहभागी भइरहेको अनेरास्वियूका सचिव ओसिम आलम भन्छन् । पडिण्त अहिले कृषकको खेतबारीदेखि बजार क्षेत्रसम्म पुगेर भोट मागिरहेका छन् ।
उनले विराटनगरलार्इ प्रदेश न. १ को राजधानी बनाउन महत्त्वपूर्ण पहल गर्ने बताउँदै काँग्रेसले समेत बेवास्ता गरेको पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको पालामा विराटनगरमा घण्टाघर बनाउने कुरा आफूले पुरा गर्ने बताए ।
प्रदेशसभा सदस्यमा मोरङ क्षेत्र नं. ६ (क)को उम्मेदवार जीवन आचार्य र (ख)को उम्मेदवार रमेश पोख्रेल पनि घर दैलो अभियानमा सँगै छन् ।

lalbabu pandit 4

lalbabu pandit 3

lalbabu pandit 5

lalbabu pandit 6

lalbabu pandit 7

lalbabu pandit 8

lalbabu pandit 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७