असहाय तीन बालबालिकालार्इ युवराज थापाकाे सहयाेग


२१ कार्तिक २०७४, मंगलवार
Agargakhachi

अर्घाखाँची : बाबाको मृत्युपछि आमा पनि छोडेर गएका असहाय तीन बालबालिकालाई शैक्षिक सहयोग मिलेको छ । हाल इजरायलमा रहेका अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-१ युवराज थापा  र  बुटवल तिलोकन नगरपालिका-५ का दाजी राम ढकालले लत्ता कपडा सहित शैक्षिक  सहयोग गरेका हुन् ।

Agargakhachi

उनीहरूले मृतक भविस्वर पाेखरेलकाे छोरी मनिषा पोखरेल, छोरा महेश पोखरेल र मनिराम पोखरेललार्इ जाडोमा लगाउने लत्ताकपडा र सम्पूर्ण स्कुलका ड्रेसहरू हस्तान्तरण गरे ।  उनीहरूले  छोरी मनिषालार्इ १२ कक्षासम्मको शिक्षा निःशुल्क पढाउने भएका छन् ।

उनीहरूले तीनै जनालार्इ जाडोमा लगाउने एक  ज्याकेट, टिसर्ट, टोपी, स्विटर,  जुत्ता , मोजा, र  स्कुल जाँदा लगाउने ड्रेस, निलो कमिज र कालो पाइन्ट हस्तान्तरण गरे ।  हस्तान्तरण गर्ने कार्यक्रममा स्कुलका विद्यार्थी, शिक्षक, स्थानीय बासी र गाउँपालिका जनप्रतिनिधीहरूको उपस्थिति रहेको थियो ।

छोरी मनिषा पोखरेल र जेठो छोरा महेश पोख्रेल अहिले आधारभूत बिधालय मालारानी वार्ड नं. १ सुन्दरा पोखरा अर्घाखाँचीमा अधयनरत छन् भने कान्छो छोरा मनिराम  जनजागृती बालशीक्षा स्कुलमा पढदै छन् ।

असहाय बालबालिका अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नं. १ मोरङ निवासी ७२ वर्षीय यम नारायण पोखरेलका नातिनातिना हुन् । उनका  छोरा भविस्वर पोखरेल करिब ४ वर्ष अगाडि भारतको दिल्लीमा आत्महत्या गरेको  थिए भने  बुहारी दुर्गा पोखरेल छोरा छोरी छोडेर पोइला गएकी थिइन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७