भारतको युनिभर्सल कप कराते इन्डोमा नेपाल च्याम्पियन


२१ कार्तिक २०७४, मंगलवार
karate 1

काठमाडौं: भारतको पन्जाबमा भएको युनिभर्सल कप इन्डो–नेपाल कराते च्याम्पियनसिपमा नेपालको मानसिंह डोजो टिम च्याम्पियन बनेको छ । मानसिंह डोजो १४ स्वर्ण, २ रजत र १ कांस्यसाथ टिम च्याम्पियन बनेको टोलीसंगै पन्जाबमा रहेका मानसिंह डोजोका प्रमुख प्रशिक्षक एवं अन्तर्राष्ट्रिय निर्णायक महेश महर्जनले जनाएका छन् ।karate 1

गोमन गिरी, सुविन सुनार, राजन ब्लोन तामाङ, आकाश मण्डल, राजु गुरुङ, मनीष पराजुली, विज्जु सलामी मगर, एलिना विक, रुपा महर्जन, सिर्जना महर्जन, प्राश्ना थापा, सिवा भण्डारी, आरती भण्डारी र सुमित्रा अधिकारीले आ-आफ्नो स्पर्धामा नेपाललाई स्वर्ण दिलाए ।

प्रिन्स स्याङ्तान र अशिम गुरुङले रजत जिते भने शंकर भण्डारीले कांस्य हात पारे ।स्वर्ण विजेता एलिना, शिवा र सुमित्राले भारु ६ हजारका दरले नगद पुरस्कार पाएको महर्जनले जानकारी गराएका छन् । त्यस्तै प्रिन्स स्याङ्तान र आकाश मण्डल समान ३–३ हजार भारुबाट पुरस्कृत भए । समापनका अवसरमा प्रतियोगिता आयोजक युनिभर्सल सितोरियो कराते फेडेरेसन अफ इन्डियाले प्रमुख प्रशिक्षक महर्जनलाई सम्मान गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७