माओवादी उम्मेदवार सवार बाइकबाट गोलीसहित पेस्तोल बरामत


२१ कार्तिक २०७४, मंगलवार
pestawal

काठमाडौं: माओवादी केन्द्रका नेता साथै प्रतिनिधिसभातर्फको समानुपातिक उम्मेदवार शुसीला शिंखडा सवार मोटरसाइकलबाट पिस्टलसहित ३ राउण्ड गोली प्रहरीले बरामद गरेका छन् ।

pestawal
मंलबार गोरखाको भीमसेन गाउँपालिकामा प्रहरीले निर्वाचन केन्द्रित गरेको चेकजाँचको क्रममा उनी सवार बा ७३ प ३३८६ नमबरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा चालक गुणप्रसाद खनालले बोकेको झोलामा ९ एमएमको पिस्तोल १ थान र तीन राउण्ड गोली प्रहरीले बरामद गरेको हो ।
मोटरसाइकल चेकजाँच गर्न सुरु गरेपछि चालक फरार भएको प्रहरीले जनाएको छ । स्रोतका अनुसार मोटरसाइकल चालक गोरखाका भीमसेन गाउँपालिका वडा नम्बर ४ स्थानियवासी रहेको खुलेको छ ।
मोटरसाइकल चालक खनाल फरार भएपछि नेता शिंखडालाई सोधपुछ गरिरहेको प्रहरीले जाकारी दिएको छ । घटनाबारे अनुसन्धान जारी रहेकोले पूण जानकारी भनेको आउन बाँकी रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७