राजेश पायल राईलाई ‘इन्टरनेशनल पप स्टार’को उपाधि


२१ कार्तिक २०७४, मंगलवार
singer Rajesh payal Rai 1

न्यूयाेर्क (अमेरिका) : नेपाली चर्चित गायक राजेश पायल राईले अमेरिकामा अहिलेसम्म कै ठुलो सम्मान पाएका छन् । रोचेस्टरमा आयोजित कार्यक्रममा सिटीका मेयर लभ्ली वारेन र डाइरेक्टर डेपुटी मेयर डा. केर्डिक एल. अलेक्जन्डरले संयुक्त रूपमा सम्मानित गरेका हुन् ।

गायक राईलाई अमेरिकाको रोचेस्टर सिटी हलमा प्रमाणपत्रसहित सम्मानित गरेको हो । कार्यक्रममा बोल्दै डेपुटी मेयर डा. अलेक्जन्डरले अब रोचेस्टर सिटीमा प्रत्येक वर्ष ‘राई इज किङ डे’ फेस्टिभलको रूपमा मनाउंने घोषणा गरे । अब अमेरिकाको रोचेस्टर सिटिमा प्रत्येक वर्ष ‘राई इज किङ डे’ नोभेम्बर ५ मा मनाइने छ ।

यस्तै उनलाई रोचेस्टर सिटीले ‘इन्टरनेशनल पप स्टार’ को उपाधिसमेत प्रदान गरेको छ । अमेरिकामा अहिलेसम्म कै भव्य, सभ्य र यति ठुलो पदाधिकारीबाट नेपाली कलाकारलाई सम्मान पहिलो भएको आयोजक विजय खड्काले दिए । नेपाली कलाकारलाई विमानस्थलबाट अमेरिकी प्रहरीले कार्यक्रम स्थलसम्म सुरक्षा प्रबन्ध दिएको यो पहिलो पटक भएको खड्काले बताए ।

सम्मानपछि गायक राईले अमेरिकी भुमिमा आफुले पाएको सम्मान नेपाली कलाकारले अमेरिकामा पाएको यो अहिलेसम्म कै ठुलो भएको बताए । ‘संसारकै सपनाको देश अमेरिकामा यति ठुलो सम्मान पाउदाँ अत्यन्तै खुसी छु ।’ , उनले नयाँपेजसँग कुरा गर्दे भने, ‘म राई त्यही माथि ‘राई इज किङ डे’ नोभेम्बर ५ मा विदेशी भुमिमा मनाउने घोषणा गर्दा मेरो देश सम्झेर निशब्द भएको भएको थिए ।’

singer Rajesh payal Rai1

 नेपाली भाषा, संस्कृति र सङ्गीतलाई विश्वमा प्रचार गरेको र नेपाली सङ्गीतलाई अमेरिकामा प्रस्तुत गरेकोले सम्मान गरिएको आयोजकले बताए । राजेशले केही साता यता अमेरिकाको विभिन्न राज्यमा आयोजित कार्यक्रममा प्रस्तुति दिइरहेका छन् ।

उनले नेपाली बाहेक दर्जनौ भाषामा गीत गाएका छन् ।   कुनै नेपाली गायक नगएको देश स्पेनको म्याड्रिड, नाइजेरियाको लेगोसमा पुगेर गीत गाएका छन् । राईले अफ्रिकी मुलुक नाइजेरियामा सांस्कृतिक कार्यक्रम नेपाली गीत गाएका थिए । गैर आवासीय नेपाली सङ्घ नाइजेरियाले नयाँ वर्षको अवसरमा लेगोसमा अप्रिल १ मा आयोजना गरेको कार्यक्रममा गीत गाएका हुन् ।

singer Rajesh payal Rai3

 याे पनि पढ्नुहाेस्
राजेशपायल राईलाई अमेरिकी मेयरले सम्मान गर्ने
राजेशपायल राईको नजरमा योगेश भट्टराई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७