पुर्वाञ्चल कराते छनोटमा खोटाङ प्रथम, छनौट हुने खेलाडी (सुचिहित)


२१ कार्तिक २०७४, मंगलवार
karate
karate
तस्बिर: सन्जय कुमार राई फेसबुक

काठमाडौं: सुनसरीको धरानमा कभर्डहलमा भएको ५० औं राष्ट्रिय कराते प्रतियोगिताको छनोटमा ७ स्वर्ण ३ रजत ५ कास्य सहित खोटङ जिल्ला टिम प्रथम भएको छ ।

प्रतियोगितामा ५ स्वर्ण ४ रजत ३ कास्य सहित सुनसरी जिल्ला टिम दोस्रो भएको हो । तेस्तै ३ स्वर्ण १ रजत ५ कास्य सहित इलाम जिल्ला टिम तेस्रो भयो ।

छनौट हुने खेलाडीहरु
पुरुष कुमिते तर्फ
४५ किलोमा धन कुमार राई (सुनसरी)
५० किलोमा बिबेक थापा (तेर्हथुम)
५५ किलोमा नबिन राई (खोटाङ)
६० किलोमा सन्तोष राई (खोटाङ)
६७ किलोमा सुजन राई (खोटाङ)
७५ किलोमा सन्त राई (झापा)
८४ किलोमा भेषराज राई (इलाम)
ं८४ किलोमा दिपेश घिमिरे (इलाम)
पुरुष एकल काता तर्फ रोहित राई (सुनसरी)
पुरुष टिम काता तर्फ सुमन राई, मोतिचन्द्र राई र नबिन राई (खोटाङ)
महिला कुमिते तर्फ़
४० किलोमा ओसिस श्रेष्ठ (झापा)
४५ किलोमा मेघा लिम्बु (सुनसरी)
५० किलोमा प्रिती बस्नेत (इलाम)
५५ किलोमा बिध्याकला राई (खोटाङ)
६१ किलोमा जस्मिन राई (खोटांग)
६८ किलोमा कृति दुलाल (मोरङ)
६८ किलोमा मिस्डोना राई (खोटाङ)
महिला एकल काता रोसिमा पिन्यांग राई(सुनसरी)
महिला टिम काता सुनसरी (सुनसरी)
पुर्वाञ्चलको टिम प्रशिक्षक सन्जय कुमार राई र टिम व्यवस्थापक उमेश सिङ्ग राई रहेको छ  ।

प्रतियोगितामा विभिन्न २१ स्पर्धामा प्रतिस्पर्धा हुने कराते महासंघका अध्यक्ष दावा गुरुङले बताए । पुरुषमा ८ र महिलामा ७ तौलसमूहमा भिडन्त हुनेछ । पुरुष-महिलाको एकल र टिम काता तथा टिम फाइटमा पनि खेल हुनेछ । पाँच विकास क्षेत्र, त्रिभूवन आर्मी क्लब, नेपाल प्रहरी क्लब र नेपाल एपीएफ क्लबबाट बढीमा १ सय ८४ खेलाडीको सहभागिता रहने बताइएको छ ।प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने २३ खेलाडीलाई राष्ट्रिय टोलीमा समावेश गरिने छ । प्रतियोगिता कात्तिक २२ मा सुरु भइ २४ गते पुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।सम्पन्न हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७