सरकारी प्रेमको पर्खाइमा ‘प्रेमको प्रतिक’ रानीमहल (फोटो फिचरसहित)


२० कार्तिक २०७४, सोमबार
rani mahal 2222

पाल्पा: काली गण्डकीको किनारमा अवस्थित ‘प्रेमको प्रतिक’ रानीमहल नेपालको ऐतिहासिक सम्पदा हो । कालीगण्डकी नदीको उत्तरतर्फ हानिने मोडमा विशाल चट्टानमाथि रहेको नेपालको ताजमहलको रुपमा चिनिएको रानी महल दुई पहराको बिचमा छ । रानीमहल वि. सं १९५०मा शिलान्यास भई चार वर्षमा दरबार मन्दिर पाटीपौवासहितको निर्माण कार्य पूरा भएको रानी महल नेपालको महत्पूर्ण सम्पदा हो । तर, यो सम्पदा अहिले संकटमा छ ।

माथितिरबाट पहिरोले घेरिएको छ भने तल काली गण्डकीले च्याप्दै लगेको छ । माथिबाट पहिरो र तलबाट बाढीले लैजाने खतरामा परेको छ रानीमहल । तर, सरकारले संरक्षणको लागि ठोस कदम अघि सारेको छैन । पश्चिमी कलाशैलीमा रहेको रानीमहल दरबारको बायाँतर्फ शीत्तलपाटी दरबार परिसरमा फोहराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुईवटा पोखरी दाहिनेतर्फ पहरा दिने स्थल छ भने खुड्किलोको बायाँतर्फ एउटै किसिमको शिव र गङ्गाका दुई मन्दिर छन् । रानीमहल एकसय १५ वर्ष अघि तत्कालिन जनरल खड्ग शमशेर खड्ग शम्शेरले आफ्नो रानीको वियोगमा दरबार बनाएको उल्लेख छ । बि. स. १९४९ मा रानी तेजकुमारीको मृत्यु भएपछि खड्ग शमशेरले उनकै सम्झनामा दरबार निमार्ण गरेका थिए ।

 

१९५० देखि निमार्ण सुरु गरिएको दरवार निर्माणका लागि ५ वर्ष लागेको थियो । उनले आफ्नी मायालु रानी तेजकुमारीको सम्झनामा संसारका सबै मानिसहरुलाई प्रेमको महत्व बुझाउन दरबारको निर्माण गरेका थिए । ११ रोपनी क्षेत्रफलमा फैलिएको महलमा २४ वटा कोठा छन् । महल परिसरमा बगैंचा, शिवलालय, पानीपोखरी, शिबलिङमा नाग–नागिनीले जल शेचनको दृश्य, भान्सा घर, घोडा बाध्ने तबेला ठूला घण्टसहितको आकर्षक कलाकृति देख्न सकिन्छ । दरवारकै सिँढीबाट कालीनदीमा पुग्ने गरी कालीगण्डकीबाटै जग उठाएर दरवारको निर्माण गरिएको छ ।

कठिन सडक मार्गrani mahal 222
प्राकृतिक हिसाबले रमणिय स्थानमा रहेको महल तानसेनको उत्तरमा रहको छ । यो महल पुग्न १४ किलोमिटर सडक मार्गको कठिन यात्रा तय गर्नुपर्छ । कच्ची सडक मार्ग रहेको महल पुग्न ठुलै संघर्ष गर्नुपर्छ । मार्गमा सवारी साधन ठेलेर लानु पर्ने, पानी परेको बेला हिलाम्मे र घाम लागेको बेला धुला सडक पार गर्नु पर्ने हुन्छ । खोलामा पुलको लगाइएको छैन् । होटल लजहरु पाइन्दैन् । महल पुग्न कठिन नै भए पनि आन्तरिक पर्यटकहरुको भिड लाग्ने गर्छ । रानीमहल पुगेर मायालु जोडीहरुले संगै बाँच्ने र मर्ने कसम खान्छन् । साथै सुन्दरता मज्जा लिन्छन् ।
रानी महल आफैमा सुन्दर ठाउँमा रहेको छ । उत्तर तर्फ बगिरहेको काली गण्डकी, उत्तर तिरै फर्किएको ऐतिहासिक दरवारले सबैको मन लोभ्याउछ । नदी तिरमा बसेर हावामा कावा खाँदै रमाउने जोडीहरु प्रशस्तै भेटिन्छन् । वरिपरि जंङगलको बिच भागमा रहेको यो महलमा पुग्दा आनन्दको अनुभुति हुन्छ । तर महल भने प्राकृतिक रुपमै संकटमा छ ।
कालीगण्डकी करिडोर अन्तर्गत उत्तर–दक्षिण लोकमार्गको बौघागुम्हा छेर्लुङ्ग रानीमहल हुँदै सडक निर्माणपछि करिडोरको बाटो खन्दा अहिले रानीमहलको दुवै छेउमा भङ्गालो छ । सडक खनेपछि रानीमहलको वरपर पहिरो झरे जस्तै भएको छ ।

rani mahal 2

rani mahal 6 rani mahal 7 rani mahal 66 rani mahal 111 rani mahal11 rani maha 8

yatra rani mahal

rani mahal q

पर्यटन सम्भावना
रानीमहलको महल र सुन्दरतासँगै आन्तरिक र वाह्य पर्यटनका लागि ठुलो संभावना बोकेको छ । नेपालमै सिमित नगरी विदेशबाट लाखौँ पर्यटक भित्राउन सक्नेगरी प्रचार प्रसार गर्न आवश्यक छ । ऐतिहासिक महत्वको यस रानी महललाई मुलुकको पर्यटकिय गन्तव्य बनाउन सके मुलुकको समग्र विकासमा नै टेवा पुग्ने छ । आन्तरिक तथा बाह्य पर्यटकको व्यवस्थित सडक संजाल तथा प्रभावकारी सुचना तथा सञ्चार, खाना बस्नको राम्रो व्यवस्था नभएका कारण धेरै आन्तरिक पर्यटक आउन सकेका छैन ।रानी महल rani mahal 2

रानी महल rani mahal 4

 

रानी महल rani mahal 8रानी महल rani mahal 15 रानी महल rani mahal 12 रानी महल rani mahal 11 रानी महल rani mahal 10

सुन्दर देखिन्ने रानिमहल भित्र खालि कोठा मात्रै बाहिरबाट सुन्दर देखिन्ने रानिमहल खोक्रो बन्दै रानिमहलको अस्तित्व नै सङ्कटमा

संरक्षण अभाबमा ऐतिहासिक र धार्मिकरुपमा प्रसिद्ध यो दरबारको संरक्षण नहुँदा त्यहाँका महत्वपूर्ण बस्तुहरू केही हेर्ने पाइन्दैन । बाहिरबाट जति सुन्दर देन्न सकिन्छ महलका भित्र २४ वटा कोठा नै खाली मात्र छ । सरकारको संरक्षणको अभावमा ऐतिहासिक सामान चोरी भई विक्री समेत भएका बताउँछन् । त्यहाँका मन्दिर भित्रको मूर्ति र मन्दिरको गजुरसमेत चोरी भइसकेको छ । फलामबाट निमार्ण भएका मुर्ति तथा अन्य महत्वपूर्ण धातुबाट बनेका बस्तु हराएर गएका छन् ।
महलको तेस्रो तलमा काठ र टिन राखिएको छ । महल भित्र बुट्यानहरु उम्रिएका छन् भने मन्दिर भित्र झार पात उम्रिएका छन् । संक्षणको अभावमा पुराना धरोहर र ऐतिहासिक एवं धार्मिकरुपमा चर्चित रानीघाट दरबारको अस्तित्व नै सङ्कटमा परेको छ ।

 

रानी महल rani mahal 6

रानी महल rani mahal 62

रानी महल rani mahal 21

रानी महल rani mahal 14

rani mahal 33

रानी महल

 

rani mahall... ra 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७