सरकारी प्रेमको पर्खाइमा ‘प्रेमको प्रतिक’ रानीमहल (फोटो फिचरसहित)
पाल्पा: काली गण्डकीको किनारमा अवस्थित ‘प्रेमको प्रतिक’ रानीमहल नेपालको ऐतिहासिक सम्पदा हो । कालीगण्डकी नदीको उत्तरतर्फ हानिने मोडमा विशाल चट्टानमाथि रहेको नेपालको ताजमहलको रुपमा चिनिएको रानी महल दुई पहराको बिचमा छ । रानीमहल वि. सं १९५०मा शिलान्यास भई चार वर्षमा दरबार मन्दिर पाटीपौवासहितको निर्माण कार्य पूरा भएको रानी महल नेपालको महत्पूर्ण सम्पदा हो । तर, यो सम्पदा अहिले संकटमा छ ।
माथितिरबाट पहिरोले घेरिएको छ भने तल काली गण्डकीले च्याप्दै लगेको छ । माथिबाट पहिरो र तलबाट बाढीले लैजाने खतरामा परेको छ रानीमहल । तर, सरकारले संरक्षणको लागि ठोस कदम अघि सारेको छैन । पश्चिमी कलाशैलीमा रहेको रानीमहल दरबारको बायाँतर्फ शीत्तलपाटी दरबार परिसरमा फोहराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुईवटा पोखरी दाहिनेतर्फ पहरा दिने स्थल छ भने खुड्किलोको बायाँतर्फ एउटै किसिमको शिव र गङ्गाका दुई मन्दिर छन् । रानीमहल एकसय १५ वर्ष अघि तत्कालिन जनरल खड्ग शमशेर खड्ग शम्शेरले आफ्नो रानीको वियोगमा दरबार बनाएको उल्लेख छ । बि. स. १९४९ मा रानी तेजकुमारीको मृत्यु भएपछि खड्ग शमशेरले उनकै सम्झनामा दरबार निमार्ण गरेका थिए ।
१९५० देखि निमार्ण सुरु गरिएको दरवार निर्माणका लागि ५ वर्ष लागेको थियो । उनले आफ्नी मायालु रानी तेजकुमारीको सम्झनामा संसारका सबै मानिसहरुलाई प्रेमको महत्व बुझाउन दरबारको निर्माण गरेका थिए । ११ रोपनी क्षेत्रफलमा फैलिएको महलमा २४ वटा कोठा छन् । महल परिसरमा बगैंचा, शिवलालय, पानीपोखरी, शिबलिङमा नाग–नागिनीले जल शेचनको दृश्य, भान्सा घर, घोडा बाध्ने तबेला ठूला घण्टसहितको आकर्षक कलाकृति देख्न सकिन्छ । दरवारकै सिँढीबाट कालीनदीमा पुग्ने गरी कालीगण्डकीबाटै जग उठाएर दरवारको निर्माण गरिएको छ ।
कठिन सडक मार्ग
प्राकृतिक हिसाबले रमणिय स्थानमा रहेको महल तानसेनको उत्तरमा रहको छ । यो महल पुग्न १४ किलोमिटर सडक मार्गको कठिन यात्रा तय गर्नुपर्छ । कच्ची सडक मार्ग रहेको महल पुग्न ठुलै संघर्ष गर्नुपर्छ । मार्गमा सवारी साधन ठेलेर लानु पर्ने, पानी परेको बेला हिलाम्मे र घाम लागेको बेला धुला सडक पार गर्नु पर्ने हुन्छ । खोलामा पुलको लगाइएको छैन् । होटल लजहरु पाइन्दैन् । महल पुग्न कठिन नै भए पनि आन्तरिक पर्यटकहरुको भिड लाग्ने गर्छ । रानीमहल पुगेर मायालु जोडीहरुले संगै बाँच्ने र मर्ने कसम खान्छन् । साथै सुन्दरता मज्जा लिन्छन् ।
रानी महल आफैमा सुन्दर ठाउँमा रहेको छ । उत्तर तर्फ बगिरहेको काली गण्डकी, उत्तर तिरै फर्किएको ऐतिहासिक दरवारले सबैको मन लोभ्याउछ । नदी तिरमा बसेर हावामा कावा खाँदै रमाउने जोडीहरु प्रशस्तै भेटिन्छन् । वरिपरि जंङगलको बिच भागमा रहेको यो महलमा पुग्दा आनन्दको अनुभुति हुन्छ । तर महल भने प्राकृतिक रुपमै संकटमा छ ।
कालीगण्डकी करिडोर अन्तर्गत उत्तर–दक्षिण लोकमार्गको बौघागुम्हा छेर्लुङ्ग रानीमहल हुँदै सडक निर्माणपछि करिडोरको बाटो खन्दा अहिले रानीमहलको दुवै छेउमा भङ्गालो छ । सडक खनेपछि रानीमहलको वरपर पहिरो झरे जस्तै भएको छ ।
पर्यटन सम्भावना
रानीमहलको महल र सुन्दरतासँगै आन्तरिक र वाह्य पर्यटनका लागि ठुलो संभावना बोकेको छ । नेपालमै सिमित नगरी विदेशबाट लाखौँ पर्यटक भित्राउन सक्नेगरी प्रचार प्रसार गर्न आवश्यक छ । ऐतिहासिक महत्वको यस रानी महललाई मुलुकको पर्यटकिय गन्तव्य बनाउन सके मुलुकको समग्र विकासमा नै टेवा पुग्ने छ । आन्तरिक तथा बाह्य पर्यटकको व्यवस्थित सडक संजाल तथा प्रभावकारी सुचना तथा सञ्चार, खाना बस्नको राम्रो व्यवस्था नभएका कारण धेरै आन्तरिक पर्यटक आउन सकेका छैन ।
सुन्दर देखिन्ने रानिमहल भित्र खालि कोठा मात्रै बाहिरबाट सुन्दर देखिन्ने रानिमहल खोक्रो बन्दै रानिमहलको अस्तित्व नै सङ्कटमा
संरक्षण अभाबमा ऐतिहासिक र धार्मिकरुपमा प्रसिद्ध यो दरबारको संरक्षण नहुँदा त्यहाँका महत्वपूर्ण बस्तुहरू केही हेर्ने पाइन्दैन । बाहिरबाट जति सुन्दर देन्न सकिन्छ महलका भित्र २४ वटा कोठा नै खाली मात्र छ । सरकारको संरक्षणको अभावमा ऐतिहासिक सामान चोरी भई विक्री समेत भएका बताउँछन् । त्यहाँका मन्दिर भित्रको मूर्ति र मन्दिरको गजुरसमेत चोरी भइसकेको छ । फलामबाट निमार्ण भएका मुर्ति तथा अन्य महत्वपूर्ण धातुबाट बनेका बस्तु हराएर गएका छन् ।
महलको तेस्रो तलमा काठ र टिन राखिएको छ । महल भित्र बुट्यानहरु उम्रिएका छन् भने मन्दिर भित्र झार पात उम्रिएका छन् । संक्षणको अभावमा पुराना धरोहर र ऐतिहासिक एवं धार्मिकरुपमा चर्चित रानीघाट दरबारको अस्तित्व नै सङ्कटमा परेको छ ।