विश्वकै महँगो जुत्ता जसको मूल्य १.५ करोड डलर


२० कार्तिक २०७४, सोमबार
most expenshive shoes

एजेन्सी, बेलायती डिजाइनर डेबी विङहमले विश्वकै सबैभन्दा महँगो जुत्ता सार्वजनिक गरेकी छिन् । हाई हिल भएको जुत्तामा बहुमूल्य धातु र दुर्लभ ढुङ्गाहरू जडान गरिएको छ । यसको मूल्य १.५१ करोड डलर (नेपाल राष्ट्र बैङ्कले आजको अमेरिकी डलरको बजार मूल्य १०३ रुपैयाँ निर्धारण गरेको छ, जसको अनुसार १ अर्ब ५४ करोड ५० लाख नेपाली मूल्य पर्न आउँछ) राखिएको छ ।

most expenshive shoes
विङहमले यो सृजना फ्लोरिडाका कलाकार क्रिस क्यामबेलसँगको संयुक्त प्रयासमा निर्माण गरिएको हो । विङहमले जुत्ताको डिजाइन तयार पारेकी थिइन् भने क्यामबेलले त्यसको निर्माण गरेका थिए । यो जुत्ता तयार गर्न १ सय घण्टाभन्दा बढी समय लागेको बताइएको छ ।
जुत्तामा तीनवटा दुर्लभ गुलाबी हिरा र एउटा एक क्यारेटको निलो हिरा राखिएको छ । यिनीहरू एउटैको १२.८ लाख अमेरिकी डलर पर्दछ । यसको साथै जुत्तामा चार वटा तीन क्यारेटको हिरा र १ हजार प्वाइन्टर हिरा रहेको छ ।
यस जुत्ताको चेन र सोल सुनको छ । छालामा २४ क्यारेटको सुन स्प्रे गरिएको छ भने यो जुत्ता सिलाउन १८ क्यारेटको सुनको धागो प्रयोग गरिएको छ ।
यो जुत्ता दुबईका एक ग्राहकले जन्मदिनका लागि बनाउन अर्डर दिएको विङहमले बताइन् ।
विङहम यस्तै महँगो डिजाइनहरुका लागि चर्चित छिन् । उनले विभिन्न सेलेब्रिटी, राजपरिवार र धनाढ्यहरुका लागि काम गर्ने गरेकी छिन् ।
यसअघि उनले विश्वकै सबैभन्दा महङ्गो लुगा बनाएकी थिइन् । ‘रेड डाइमण्ड अबाया गाउन’ मा २ हजारभन्दा बढी हिरा जडित थियो । भने, विश्वकै महँगो मानिने रातो हिरा पनि जडान गरिएको थियो । यसको मूल्य १.५४ करोड डलर राखिएको थियो ।
विङहमको कोटर टु केक्स नामक बेकिङ कम्पनी पनि रहेको छ । उनले एक युएईको ग्राहकका लागि ६.४ करोड अमेरिकी डलर पर्ने केक बनाएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७