कांग्रेसको तर्फबाट बन्ने भावी प्रधानमन्त्री म हुँ : प्रकाशमान सिंह


२० कार्तिक २०७४, सोमबार
Prakashman singh congress nepoal leaders

काठमाडौं : कांग्रेस नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशमान सिंहले कांग्रेसको तर्फबाट भावी प्रधानमन्त्रीको उम्मेदवार आफु नै भएको दाबी गरेका छन् ।

Prakashman singh congress nepoal leaders
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको चुनाव विशेष साक्षात्कारमा उनले आफू पार्टीको उपसभापति र सरकारको उपप्रधानमन्त्री भइसकेको बताउँदै कांग्रेसको तर्फबाट भावी प्रधानमन्त्रीको उम्मेदवारको रुपमा आफ’लाई प्रस्त’त गरेका हुन् ।
‘म सबै हिसाबले पार्टीको तर्फबाट अबको प्रधानमन्त्री बन्न योग्य र सक्षम उम्मेदवार हुँ, यसमा कुनै प्रश्न गर्नुपर्छ जस्तो मलाई लाग्दैन’, उनले भने । उनले यो निर्वाचनमा कसैको पनि बहुमत नआउने बताउँदै कांग्रेस नै ठ’लो पार्टी बन्ने दाबी गरे

त्यस्तै उनले साझा विवेकशिलका संयोजक तथा पूर्व पत्रकार रविन्द्र मिश्रलाई प्रश्न गर्न मात्र आउने नेता भएको बताए । मिश्रलाई लक्षित गर्दै नेता सिंहले प्रश्न गर्ने छबि बनाएका मानिसहरुले प्रश्नको हिसाव मिलाउन नसक्ने बताए ।  ‘प्रश्न सोधेर मात्रै हुन्छ ? उत्तर दिन आउनुप¥यो नि ? उनले राजनीति बुझेका छैनन, उनको न पार्टी छ, न त जनता छन् ।’ उनले भने, ‘रविन्द्रजी राम्रो पत्रकार हो, उहाँले प्रश्न गर्न जान्नुभएको छ, जनताले प्रश्न भन्दा पनि हिसाव चाहन्छ यो क्षेत्रका जनताहरु सचेत छन्, हावाका भरमा बाँडिएका सपनाहरुका पछि लाग्दैनन् ।’

काठमाडौंका १० वटा निर्वाचन क्षेत्र मध्ये ८ वटा क्षेत्रमा कांग्रेसले जित निकाल्ने उनको दाबी गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७