दुर्घटनामा परेको टर्किस एयर म्युजियमको रुपमा हेर्नुहोस् (फोटोफिचर)


१९ कार्तिक २०७४, आईतवार
टर्किस एयर tarkish air 33

काठमाडौं: नेपालमै पहिलोपटक एभिएसन म्युजिम सिनामंगलमा संग्राहालय बनाएर सञ्चालनमा ल्याएको छ । त्रिभुवन विमानस्थलभित्रैको धावनमार्ग बाहिर धसिन्न पुगेको टर्किस एयरको विमानलाई म्युजियमको रुपमा बनाएको हाे ।टर्किस एयर tarkish air 33

टर्कीको राजधानी इस्तानबुलबाट काठमाडौंका लागि उडेको टर्किस ध्वजाबाहक यो विमान ०७१ फागुन २० गते अवतरणका क्रममा दुर्घटनामा परेको थियो । ट्रस्टले अहिले संग्रहालयमा घुम्न आउने नेपाली नागरिकका लागि २ सय ५०, विद्यार्थीहरूका लागि १ सय २५ र विदेशीका लागि ५ सय रुपैयाँ टिकट शुल्क तोकेको छ ।टर्किस एयर tarkish air 3

कक्षा नौदेखि १२ सम्मका विद्यार्थीहरूलाई विद्यालयको सिफारिसका आधारमा निस्शुल्क टिकट उपलब्ध हुनेछ अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ) ले विश्वभर सञ्चालन गर्दै आएको आगामी पुस्ताका नागरिक उड्डयनकर्मी कार्यक्रम (एनग्याप) अन्तर्गत यो संग्रहालय सञ्चालन गरिएकाले माध्यमिक र उच्चमाध्यमिक तहका विद्यार्थीहरूका लागि टिकट शुल्क छुट दिइएको हो ।

टर्किस एयर tarkish air444

टर्किस एयर tarkish air 66y

४ सय हाराहारी यात्रु सिट क्षमताको यो विमानभित्र ककपिट स्रोत व्यवस्थापन, एयरहोस्टेस तालिम, हवाई उडान सुरक्षाबारे सेमिनार गर्न सकिने एउटा हलसहित सातवटा भाग छन् । यो एयरबसको लम्बाइ २ सय ८ फिट, उचाइ ५५ फिट र पखेटाको चौडाइ १ सय ९७ फिट छ । टर्किस एयरलाइन्सको उड्न अयोग्य जहाज खरिद गरी डडेल्धुराका पाइलट वेद उप्रेतीले ‘एभिएसन म्युजियम’ सञ्चालनमा ल्याएका हुन् ।

 

tarkish

 

tarkish 1

टर्किस एयर tarkish air 4 टर्किस एयर tarkish air 11 टर्किस एयर tarkish air

टर्किस एयर tarkish air44

टर्किस एयर tarkish air 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७