जो ०४८ सालदेखि निरन्तर चुनावी मैदानमा छन्


१९ कार्तिक २०७४, आईतवार
Nepal top leaders
काठमाडौं ः  ०४८, ०५१ र ०५६ मा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए । ०६४ को पहिलो संविधानसभामा डडेल्धुरा र कञ्चनपुर ४ बाट जिते । ०७० को संविधानसभा निर्वाचनमा डडेल्धुरा र कैलाली ६ बाट विजयी भए । यसपटक डडेल्धुराबाट उम्मेदवार छन् । ०४८ मा गृहमन्त्री बनेका उनी ०५२, ०५८, ०६१ पछि अहिले चौथोपटक प्रधानमन्त्री छन् ।

Nepal top leaders

केपी ओली : चार जित, एक हार
०४८, ०५१, ०५६, ०७० मा झापाबाट विजयी । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा पराजित । यसपटक फेरि झापा ५ बाट उम्मेदवार छन् । एमालेको नवाैँ महाधिवेशनबाट अध्यक्ष भए । परराष्ट्रमन्त्री, उपप्रधानमन्त्री हुँदै गत वर्ष प्रधानमन्त्री भए ।

झलनाथ खनाल : छैटौँपटक भिड्दै
०४८, ०५१, ०६४ र ०७० मा इलाम १ बाट विजयी । ०५६ मा कांग्रेसका बेनुप प्रसाईंसँग ७० मतले पराजित । यसपटक फेरि इलाम १ बाट उम्मेदवार छन् । एमालेको आठौँ महाधिवेशनबाट अध्यक्ष भएका खनाल ०६८ मा प्रधानमन्त्री भए ।

रामचन्द्र पौडेल : निरन्तर जित
०४८, ०५१, ०५६, ०६४ र ०७० को निर्वाचनमा तनहुँबाट विजयी । यसपटक तनहुँ १ बाट पुनः उम्मेदवार । उपप्रधानमन्त्री, सभामुख, पटकपटक मन्त्री र पार्टीमा उपसभापतिसम्म भए ।

वामदेव गौतम : दुईपटक पराजित
०४८ र ०५१ मा गौतम बर्दिया १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए । एमाले फुटाएपछि मालेबाट उम्मेदवार बन्दा ०५६ मा पराजित भए । ०६४ को संविधानसभा निर्वाचनमा पनि पराजित हुनुप¥यो । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा बर्दिया १ र प्युठान १ बाट विजयी । यसपटक बर्दिया १ बाट उम्मेदवार छन् । पटकपटक उपप्रधानमन्त्री भए ।

विजय गच्छदार : हरेकपल्ट जित
०४८, ०५१, ०५६ मा कांग्रेसका तर्फबाट सुनसरी २ बाट सांसद बने । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरमबाट सुनसरी २ र ५ बाट विजयी । ०७० मा फोरम लोकतान्त्रिकबाट सुनसरी २ मा निर्वाचन जिते । धेरै मन्त्री हुने थोरैमध्ये एक हुन् ।

महन्थ ठाकुर : हार जितको अनुभव

०४८, ०५१ र ०५६ मा कांग्रेसको तर्फबाट सर्लाही ५ बाट सांसद । ०६४ र ०७० को संविधानसभा निर्वाचनमा तमलोपाका तर्फबाट सर्लाही ६ का उम्मेदवार बनेका उनी पराजित भए । यसपटक महोत्तरी ३ बाट उम्मेदवार बनेका छन् । कांग्रेसमा छँदा पटकपटक मन्त्री भए । तराई–मधेसका ६ पार्टी एक भएपछि उनी राजपा अध्यक्षमण्डलका अध्यक्ष छन् ।

कृष्ण सिटौला : तीन जित, दुई हार

०४८ मा झापाबाट उम्मेदवार बने, एमालेका द्रोणाचार्य क्षेत्रीसँग पराजित भए । कार्यकाल नसकिँदै क्षेत्रीको निधनपछि ०५० मा भएको उपनिर्वाचनमा विजयी भए । ०५१ को निर्वाचनमा पराजित बने । ०५६ मा झापा १ बाट निर्वाचित भए । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा पराजित भए पनि ०७० को दोस्रो संविधानसभा निर्वाचनमा विजयी भए । यसपटक झापा ३ मा उम्मेदवार छन् ।

पशुपतिशमशेर राणा : छैटौँ प्रयास
०४८, ०५१ र ०५६ मा सिन्धुपाल्चोक २ बाट निर्वाचित । ०६४ र ०७० मा सोही क्षेत्रबाट पराजित भए । यसपटक फेरि कांग्रेससँगको तालमेलमा वाम गठबन्धनका शेरबहादुर तामाङसँग भिड्दै छन् । राणा अहिले राप्रपा प्रजातान्त्रिकका अध्यक्ष छन् ।

राजेन्द्र महतो जित्दै हार्दै पार्टीमा अध्यक्षदेखि मन्त्रीसम्म
सद्भावना पार्टीबाट ०४८ र ०५१ सर्लाही १ बाट पराजित । ०५६ र ०६४ मा विजयी भए । ०७० को संविधानसभामा पराजित । यसपटक धनुषा ३ मा उम्मेदवार । सद्भावना पार्टीको अध्यक्ष भएका महतो सरकारमा पटकपटक आपूर्तिसहित स्वास्थ्यमन्त्री भएका छन् ।

डा. रामशरण महत : सँधै निर्वाचित, पटकपटक अर्थमन्त्री
०४८, ०५१, ०५६ ०६४, ०७० सालमा नुवकोट २ विजयी । यसपटक १ बाटै पुनः उम्मेदवार । कांग्रेसले बनाएका प्रायः सरकारमा सँधै अर्थमन्त्री, पार्टीमा केन्द्रीय सदस्य र सहमहामन्त्रीसम्म ।

अर्जुनरसिंह केसी : तीन जित, दुई हार
०४८ र ०५१ सालमा नुवाकोट ३ बाट विजयी । ०५६ र ०६४ सालमा ३ बाटै पराजित, ०७० सालमा नुवाकोट १ बाट विजयी । यसपटक नुवाकोट १ बाटै उम्मेदवार । पटकपटक मन्त्री भएका केसी पार्टीमा सहमहामन्त्रीसम्म भए । १३औँ महाधिवेशनमा महमन्त्रीको उम्मेदवार बने पनि केसी डा. शशांक कोइरालासँग पराजित भए ।

बलबहादुर केसी : सँधै उम्मेदवार
०४८, ०५१, ०५६, ०७० सालमा सोलुखुम्बुबाट विजयी । ०६४ सालमा सोलुखुम्बुबाट माओवादीका गोपाल किरातीसँग पराजित । यसपटक पनि सोलुखुम्बुबाटै निर्वाचन लड्दै । पार्टीमा सँधै केन्द्रीय सदस्य हुँदै आएका केसी पटकपटक मन्त्री भएका छन् ।

रमेश रिजाल तीनपटक विजयी, दुईपटक पराजित
०४८, ०५१ र ०६५ सालमा पर्सा ४ बाट विजयी । ०५६ र ०७० सालमा पराजित । यसपटक फेरि पर्सा ४ बाटै उम्मेदवार ।

दीपकुमार उपाध्याय
०४८ र ०५१ सालमा कपिलवस्तु २ बाट निर्वाचित । ०६४ मा कपिलवस्तु १ बाट निर्वाचित । ०५६ र ०७० सालमा कपिलवस्तुबाटै पराजित । यसपटक फेरि कपिलवस्तु १ बाट उम्मेदवार । भारतका लागि राजदूत रहेकै बखत निर्वाचन लड्न राजीनामा ।

भीम रावल सँधै उम्मेदवार
०५१ र ०७० सालमा अछाम १ बाट विजयी । ०६४ सालमा समानुपातिक सांसद । ०४८ र ०५६ मा अछाम १ बाट पराजित । यसपटक अछाम १ बाट उम्मेदवार । पार्टी उपाध्यक्ष भएका रावल उपप्रधानमन्त्रीसम्म भए ।

राजेन्द्र पाण्डे : मुख्यमन्त्रीका आकांक्षी
पाण्डे धादिङ ३ बाट ०४८, ०५१, ०५६ र ०७० मा एमालेबाट विजयी । ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पराजित । यसपटक मुख्यमन्त्री बन्ने अभियानमा रहेका पाण्डे प्रदेश सभाका उम्मेदवार ।

पृथ्वीसुब्बा गुरुङ हारको शृंखला
लमजुङ २ बाट ०४८, ०५१, ०५६ र ०७० सालमा पराजित । ०६४ सालको संविधानसभामा विजयी । यसपटक प्रतिनिधिसभा छाडेर प्रदेश सभामा उम्मेदवार ।

शरत्सिंह भण्डारी : सँधै उम्मेदवार, हारजित दुवै
०४८ सालमा महोत्तरी ३ बाट पराजित, ०५१ मा विजयी, ०५६ मा कांग्रेसबाट र ०६४ मा तत्कालीन मधेसी जनअअधिकार फोरमबाट विजयी । फोरमबाट रामसपा पार्टी गठन गरेका भण्डारी ०७० सालमा भएको संविधानसभामा भने पराजित । यसपटक राजपाबाट महोत्तरी २ मा उम्मेदवार । कांग्रेस हुँदै फोरम, रामसपा गठन गरेका भण्डारी पनि सरकारमा मन्त्री बन्दै आएका छन् ।

सर्वेन्द्रनाथ शुक्ल : दल बदल्दै हार्दै जित्दै
०४८ सालमा राप्रपाबाट निर्वाचन लडेका शुक्ल रुपन्देहीबाट पराजित भए । ०५१ सालमा विजयी । ०५६ सालको निर्वाचनमा पराजित । राप्रपा छोड्दै तमलोपामा पुगेपछि ०६४ र ०७० सालको संविधानसभा निर्वाचनमा निर्वाचित । यसपटक राष्ट्रिय जनता पार्टीबाट रुपन्देही ४ मा उम्मेदवार ।

रामचन्द्र झा : जित हारसँगै पार्टी अदलबदल
एमालेमा रहेका वेला रामचन्द्र झा ०४८ सालको निर्वाचनमा धनुषा २ बाट पराजित भए । ०५१ सालमा विजयी भए भने ०५६ सालमा फेरि पराजित भए । ०६४ को संविधानसभा निर्वाचनमा धनुषा १ बाट विजयी । एमालेबाट माओवादी प्रवेश गरेका उनी ०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने पराजित भए । एमालेबाट माआवादी, माओवादीबाट नयाँ शक्ति हुँदै पुनः माओवादी प्रवेश गरी धनुषा २ बाट उम्मेदवार ।

हृदयेश त्रिपाठी : चार जित एक हार, अब सूर्य चिह्न
सद्भावना पार्टीमा छँदा त्रिपाठीले नवलपरासी १ बाट ०४८, ०५१, ०५६ निर्वाचन जिते । ०६४ सालमा तमलोपाबाट विजयी उनी ०७० को संविधानसभा निर्वाचनमा पराजित भए । यसपटक उनी नवलपरासी १ बाट एमालेको सूर्य चिह्न लिएर उम्मेदवार बनेका छन् ।

दीपक बोहोरा : लगातार चार हारपछि जित
राप्रपा नेता बोहरा ०४८, ०५१, ०५६ र ०६४ सालमा रुपन्देही २ बाट पराजित । ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा विजयी भए । यसपटक रुपन्देही ३ बाट उम्मेदवार ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७