जोशीको उम्मेदवारी खारेज, कुन उम्मेदवारविरुद्ध कस्तो उजुरी ? 


१९ कार्तिक २०७४, आईतवार
govinda raj joshi

काठमाडाैं : निर्वाचन आयोगले तनहुँ १ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका गोविन्दराज जोशीको उम्मेदवारी खारेज गरेको छ । शनिबार बसेको आयोग बैठकले विशेष अदालतले नैतिक पतन देखिने गरी भ्रष्टाचारको अभियोगमा फैसला गरिसकेकाले जोशीको उम्मेदवारी खारेज गरेको हो । उनको उम्मेदवारी खारेज गर्न कांग्रेस नेता रामचन्द्र पौडेलले आयोगमा उजुरी दिएका थिए ।

govinda raj joshi

कुन उम्मेदवारविरुद्ध कस्तो उजुरी ?
रौतहट ४ का उम्मेदवार भोजेन्द्र ठाकुर लोहारको नाम समानुपातिकतर्फ भएको भन्दै कनिजा खातुनले उजुरी गरेकी छिन् । सिरहा ४ (क) का माओवादी उम्मेदवार दिलीपकुमार साहले बहुविवाह गरेको भन्दै परमेश्वर साहले उजुरी दर्ता गराएका छन् । आयोगमा परेका नौवटा उजुरीमा ललितपुर १ का एमाले उम्मेदवार नवराज सिलवालविरुद्ध विकास थिङ तामाङ र कास्की १ का उम्मेदवार टीकाराम पंगेनीले सार्वजनिक पद धारणा गरेको भन्दै कांग्रेसका प्रदेश सभातर्फका उम्मेदवार दीपक कोइरालाले उजुरी दर्ता गराएका छन् ।

नवलपरासी पश्चिमका ऋषिराज पौडेल लाभको पदमा रहेको भन्दै कांग्रेसका देवेन्द्रराज कँडेलले आयोगमा उजुरी दर्ता गराएका छन् । सर्लाही २ का माओवादी केन्द्रका उम्मेदवार रामेश्वर रायको नाम समानुपातिकमा रहेको भन्दै रामप्रीत सहनीले उजुरी दिएका छन् । मोरङ ६ (ख) का राजपा प्रदेश सभा उम्मेदवार नसरुल मियाँविरुद्ध यदुवंश साह हलुवाई र सुनसरी २ (क) का कांग्रेस प्रदेश सभा उम्मेदवार हेमकर्ण पौडेलविरुद्ध सर्वध्वज साँवाले उजुरी दर्ता गराएका छन् । यी उजुरीबारे आयोगले निर्णय गरिसकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७