२५ अर्बको एयरबसमा बनेको एभिएसन म्युजियम, आजबाट खुल्दै


१९ कार्तिक २०७४, आईतवार
air

काठमाडौं: ७१ फागुन २० गते त्रिुभुवन विमानस्थलको धावनमार्गमा दुर्घटनाग्रस्त भएको टर्किस एयरलाइन्सको विमानमा बनेको ‘हवाई संग्राहलय’ अाज (आइतबार)बाट खुला हुने भएको छ । बेद उप्रेती ट्रष्टले काठमाडौंको सिनामंगलमा यस्तो हवाइ संग्राहलय बनाएर सञ्चालनमा ल्याउन लागेका हुन् ।

दुर्घटनामा परेको त्यही जहाजलाई लिएर क्याप्टेन बेद उप्रेती ट्रस्टले म्युजियम स्थापना गरेको हो। म्युजियम नागरिक उड्डयन प्राधिकरणसँगको सहकार्यमा स्थापना भएको हो। आठ हजार वर्गमिटरमा फैलिएको छ ।

धनगढीमा विमान संग्राहलय सञ्चालन गरिरहेको वेद उप्रेती ट्रष्टले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै पनि यस्तै संग्राहलय निर्माण सकेर खुला गर्न लागेको हो ।टर्कीबाट आकएका प्राविधिकले क्षतिग्रस्त विमानलाई संग्राहलयका रुपमा परिणत गर्ने काम गरेका हुन् । त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको विमानलाई टर्किस एयरलाइन्सले मर्मत गर्न ठूलो खर्च लाग्ने भएपछि ‘डिजेबल’ गर्ने गरी बेचेको हो ।

air

६ करोडभन्दा माथि खर्च लाग्ने संग्राहलयमा ट्रष्ट र नेपाल नागरिक उडड्यन प्राधिकरणको संयुक्त स्वामित्व रहनेछ । संग्राहलयमा उडड्यन क्षेत्रका सबै जानकारीहरु प्रदान गरिनेछ । विभिन्न सामग्रीका माध्यमबाट विमानको बनोट र सञ्चालनबारे सर्वसाधारणले पनि जानकारी लिन सक्नेछन् । एयरबसमा यति ठूलो क्षमतामा अहिलेसम्म कतै हवाई संग्राहलय नबनेको उप्रेतीको दावी छ । यो संग्राहलयलाई प्रयोग गरेर हवाई सुरक्षाका तालिम र एयरहोस्टेजको कक्षा पनि हुनेछ । विमानभित्र विद्यालयर कलेजको सिफारिस लिएर आउने कक्षा ९देखि १२सम्म अध्ययन गर्नेलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

यो म्युजियमलाई ५ खण्डमा विभाजन गरिएको छ । जहाजमा बैठक कक्ष पनि छ । म्युजियमको स्वागत हलमा सोही विमानको ग्लास ककपिट र जहाजको मोडल राखिएको छ । यो अवलोकन गर्न साधारण नेपालीका लागि ३ सय रुपैयाँ शुल्क तोकिएको छ । विदेशीले ६ सय रुपैयाँ तिर्नुपर्नेछ । संग्राहलय विमान ९ बजेबाट साँझ ५ बजेसम्म खुला रहनेछ । सुरुवातको पहिलो महिनामा नेपालीका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । अपांगता भएकाहरुलाई १५० रुपैयाँ शुल्क तय गरिएको छ ।

अन्य विद्यार्थीका लागि पनि ५० प्रतिशत मात्रै प्रवेश शुल्क लाग्नेछ । यो संग्राहलयले विमान चढ्न र नजिकैबाट देख्न नपाएकाहरुलाई प्रत्यक्ष अवलोकनको मौका दिनेछ । ४४० जना यात्रु अट्ने क्षमताको विमान किनेको ९ महिना नबित्दै दुर्घटनामा परेको थियो । विमान संग्राहलय बनेको विमान ‘लेटेस्ट’ र एकदमै महंगो हो ।

उप्रेतीकाअनुसार एयरबस(३३० अहिलेसम्म कुनै पनि एभिएसन संग्राहलयमा राखिएको छैन । संयोगले नै नेपालमा अवतरण गर्ने क्रममा टर्किस एयरवेजको विमान ग्राउन्डेड भएकाले उप्रेती ट्रस्टले खरिद गरी गरेको उप्रेतीको भनाइ छ । यो विमानभित्र ककपिट स्रोत व्यवस्थापन, एयरहोस्टेस तालिम, हवाई उडान सुरक्षाबारे गोष्ठी पनि गर्ने योजना पनि छ । यो एयरबसको लम्बाइ २०८ फिट, उचाइ ५५ फिट र पखेटाको चौडाइ १९७ फिट छ । म्युजियम सञ्चालनका लागि करिब ७ करोड खर्च भ्एको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७