जीप दुर्घटना, ३ मृत्यु ८ गम्भीर घाइते


१८ कार्तिक २०७४, शनिबार
jeep accident

काठमाडौं : डोटीमा जीप दुर्घट्ना हुँदा ३ जनाको ज्यान गएको छ । जीप डोटीको केआई सिंह गाँउपालिकामा दुर्घट्ना भएको हो ।

jeep accident
फाइल तस्बिर

मृत्यु हुने सबैको सनाखत भैसकेको छ । मृत्यु हुनेमा गाडी धनीसमेत रहेका चालक खेमराज ओझा, डोटी आदर्श गाउँपालिका–१ का १९ वर्षीया अनिता खड्का र डोटी गगुडाका रोसन ताम्राकारको मृत्यु भएको छ । जीप सडकदेखि करिब तीन सय मिटर तल खसेको थियो ।
दुर्घटनामा परी घाइते भएको ८ मध्ये ३ जनको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ । गम्भिर घाइते भएका ३ जनालाई उपचारका लागि दिपायल ल्याउने तयारी छ ।  से १ ज २६५ नम्बर को जीप डोटीबाट दिपायल तर्फ जाँदै गर्दा केआई सिंह गाँउपालिकास्थित बासुदेवी देउराली मोडमा दुर्घट्ना भएको हो । थप जानकारी आउन भने काँकी रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७