ह्वाइट हाउसको उत्तरी पर्खाल क्षेत्र बन्द गरियाे


१८ कार्तिक २०७४, शनिबार
white house

वासिङटन : अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाईट हाउसमा शुक्रबार विहान शंकास्पद गतिविधि देखिएपछि कार्यालयको उत्तरी क्षेत्र बन्द गरिएको छ ।

white house

‘ह्वाईट हाउसको उत्तरी भागमा बन्द गरिएको छ भने शंकास्पद गतिविधिका बारेमा सुरक्षाकर्मीहरुले अनुसन्धान सुरु गरिसकेका छन्,’ गुप्तचर निकायले भनेको छ ।

गुप्तचर निकायको आधिकारीक ट्विटरमा शंका लागेका व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको पनि जनाइएको छ । ह्वाईट हाउसको उत्तरी भागमा रहेका पत्रकारहरुलाई पहिले नै कुनै स्पष्ट कारण विना त्यहाँबाट हट्न भनिएको थियो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले हवाई र एसियाको भ्रमणका लागि राष्ट्रपति कार्यालय छाडे लगत्तै यस्तो घटना भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७