एमाले र माओवादीको साम्यवादी व्यवस्था ल्याउने योजनालाई रोक्नुपर्छ : नेता सिंह


१८ कार्तिक २०७४, शनिबार
praksah man sing

काठमाडौं: नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एमाले र माओवादी केन्द्रले दश वर्षभित्र मुलुकमा साम्यवादी कम्युनिष्ट व्यवस्था ल्याउने गरेर घोषणा गरेको भन्दै लोकतन्त्रवादी शक्तिले गम्भीर भएर सोँच्नु पर्ने अवस्था आएको बताएका छन् ।praksah man sing

काठमाडौं क्षेत्र नं। १ अन्तर्गत शनिबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले एमाले र माओवादीको साम्यवादी व्यवस्था ल्याउने योजनालाई नेपाली जनताले रोक्नुपर्ने बताए ।

‘दश वर्षभित्र साम्यवादी व्यवस्था ल्याउने भनेर एमाले र माओवादी केन्द्रले सहमति गरेका छन्’, उनले भने, ‘केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट शासन ल्याउने कुरा गरेका छन् ।
सहमति गरेका छन् ।’ साम्यवादी कम्युनिष्ट व्यवस्था नेपालमा आयो भने जनताको सबै हकअधिकार खोसिने कांग्रेस नेता सिंहले दाबी गरे । साम्यवादी व्यवस्था विश्वभरिबाट किन पतन भयो भन्ने कुरा एमाले र माअ‍ोवादी केन्द्रलाई सोँच्न नेता सिंहले सुझाव दिए । ‘साम्यवादी कम्युनिष्ट व्यवस्था व्यक्तिको जन्मसिद्ध अधिकार विरुद्धको कुरा हो’, उनले भने, ‘जनताको अधिकार छिन्ने । एकदलीय शासन व्यवस्था ल्याउने । सबै कुरा केन्द्रबाट नियन्त्रण गर्ने । कम्युनिष्टहरूले बिरोधीलाई बोल्न नदिएर निषेध गर्नेसम्मका कार्य गर्ने छन् ।’

नेता सिंहले पहिलो संविधान सभामा कम्युनिष्ट पार्टीहरूको बहुमत हुँदाहुँदै संविधान जारी गर्न नसकेको बताए । ‘पहिलो संविधान सभामा कम्युनिष्टहरूको बहुमत थियो । तर, संविधान जारी गर्न सकेनन्’, उनले भने, ‘दोस्रो संविधानसभामा कांग्रेसलाई जनताले जिताएर पठाए । कांग्रेसको नेतृत्वमो संविधान जारी भयो । त्यो संविधानलाई भत्काउन एमाले र माओवादी लागेका छन् ।’ संविधानको रक्षा गर्नका लागि पनि कांग्रेसको जित आवश्यक रहेको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७