जनार्दनको घरमा कालो झण्डा फहराए


१८ कार्तिक २०७४, शनिबार
hanardan sharam जनार्दन

काठमाडौं : नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ को घरमा नेत्रक्रिम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युष्टि पार्टीले कालो झण्डा गाढेका छन् ।

hanardan sharam जनार्दन
विप्लव समुहले सत्ताको आडमा प्रशासनमार्फत आफ्ना नेता कार्यकर्तामाथि दमन गर्न लगाएको, पार्टीविरुद्ध जनतामा झुटो प्रचार गरेको, दलाल संसदीय व्यवस्थाको नेतृत्व गरेको आरोप लगाउँदै शर्माको रुकुममा रहेको घरमा नेकपा रुकुमले कालो झण्डा गाडेको हो ।
चुनाव प्रचारको क्रममा शर्मा जिल्लमा रहेको बेला नेकपाका कार्यकर्ताले शुक्रबार राती ‘दलाल संसदीय व्यवस्था मूर्दावाद’ लखेको कालो झण्डा गाडेको नेकपा रुकुमले जनाएको छ । मन्त्री हुँदा नेता शर्माले आफ्ना नेता कार्यकर्तामाथि दमन गरेको आरोप नेकपा रुकुमले लगाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७