जिसस महोत्तरीमा राजपा नेपाल र संघीय समाजवादी फोरम विजयी


२९ कार्तिक २०७४, बुधबार
Rajapa and Forum

गौशाला: जिल्ला समन्वय समिति महोत्तरीको निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालको गठबन्धन विजयी भएको छ ।Rajapa and Forum

मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलका अनुसार बुधबार सम्पन्न जिल्ला समन्वय समिति महोत्तरीको निर्वाचनमा जिसस महोत्तरीको प्रमुख पदमा राजपा नेपालका सुरेशप्रसाद सिंह १६ मत ल्याएर विजयी भएको छ ।

त्यस्तै उपप्रमुख पदमा गठबन्धनका संघीय समाजवादी फोरम नेपालका सुरेश यादव १८ मत ल्याएर विजयी हुनुभएको छ । महिला सदस्यहरूमा राजपा नेपालका पुनम देवी साह १७, ललिताकुमारी महासेठ १६ र रीता देवी १६ मत ल्याएर विजयीभएका छन् ।

त्यस्तै अन्य सदस्यहरूमा राजपा नेपालकै सरयुग यादव २०, कामेश्वर साह १७ र सुदिपकुमार झा १७ मत ल्याएर विजयी हुनुभएको छ । निर्वाचनमा प्रमुख पदमा नेपाली काँग्रेसका कालिकान्त झाले चार र नेकपा (माओवादी केन्द्र)का सूर्यनारायण साहले आठ मत पाएका थिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७