निर्वाचनलगत्तै एमाले-माओवादी एक हुने


१७ कार्तिक २०७४, शुक्रबार
Ishor pokhrelमहासचिव ईश्वर पोखरेल

काठमाडौँ: नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले एमाले र नेकपा (माओवादी केन्द्र)बीच निर्वाचन सकिएलगत्तै एकता हुने बताएको छन् । एमाले टोखा -२ र ३ ले आज आयोजना गरेको कार्यकर्ता भेलामा उनले दुई पार्टी एक गर्न नै वाम गठबन्धन गरिएको जानकारी दिए ।

Ishor pokhrelमहासचिव ईश्वर पोखरेल

काठमाडौँ क्षेत्र नं ५ बाट एमालेतर्फबाट प्रतिनिधिसभाका लागि उम्मेदवारसमेत रहेकाे पोखरेलले उम्मेदवारी दर्ताका क्रममा देखिएको उत्साहले वाम गठबन्धनले दुई तिहाइ ल्याउने जिकिरसमेत गरे । ‘हामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा दुई तिहाइ ल्याएर सरकार बनाउँछौँ’, उनले भने, ‘अनि त्यो स्थिर सरकार भएपछि देशको कायापलट गर्छौं ।’ उनले टिकट वितरणमा केही असन्तुष्टि देखिए पनि मिलाएर लैजाने बताए ।
‘वाम गठबन्धन गर्दा सबैको चित्त बुझाउन सकिएन’, उनले थपे, ‘देश बनाउनका लागि गठबन्धन गरेको हुनाले सानातिना कुरामा चित्त दुखाउन हुँदैन ।’ कार्यक्रममा सोही निर्वाचन क्षेत्रका प्रदेशसभा ‘ख’ का उम्मेदवार दीपक निरौलाले वाम गठबन्धनले देशव्यापी रुपमा सजिलै जित्ने जिकिर गरे ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७