राजेशपायल राईलाई अमेरिकी मेयरले सम्मान गर्ने


१७ कार्तिक २०७४, शुक्रबार
Rajesh Payel Rai

अमेरिका : लोकप्रिय गायक राजेशपायल राईलाई अमेरिकामा सम्मान गरिने भएको छ । अहिलेका सर्वाधिक व्यस्त र चर्चित गायक राजेशलाई अमेरिका स्थित रोचेस्टरका मेयरले सम्मान गर्ने भएका हुन् ।

Rajesh Payel Rai
आगमी नोमेम्बर ५ तारिखमा न्यूयोर्कको रोचेस्टरमा आयोजना हुने कार्यक्रममा रोजेस्टर नगरकी मेयर लभ्ली वारिनले राजेशलाई सम्मान गर्ने भएकी हुन् । ‘राई इज किङ’ को रुपमा चर्चित गायक राईलाई न्युयोर्कको रोचेस्टरमा आयोजित कार्यक्रममा सम्मान गर्ने कार्यक्रम रहेको आयोजक समितिका विजय खड्काले बताए । आयोजकका अनुसार मेयरले पनि राजेशको गीत सुन्नेछिन् ।

नेपाली भाषा, संस्कृति र संगीतलाई विश्वमा प्रचार गरेको र नेपाली संगीतलाई अमेरिकामा प्रस्तुत गरेकोले सम्मान गर्न लागिएको बताइएको छ । राजेशले केही साता यता अमेरिकाको बिभिन्न राज्यमा आयोजित कार्यक्रममा प्रस्तुती दिइरहेका छन् । नेपाली बाहेक दर्जनौ भाषामा गीत गायकका राईले यसअघि अन्य कुनै पनि गायकले नगाएको देशमा गएर कार्यक्रम गरीसकेका छन् । उनले कुनै नेपाली गायकले नगाएको देश स्पेनको म्याड्रिड, नाइजेरियाको लेगोसमा पुगेर गीत गाएका हुन् । राईले अफ्रिकी मुलुक नाइजेरियामा साँस्कृतिक कार्यक्रम नेपाली गीत गाएका थिए । गैर आवासीय नेपाली संघ नाइजेरियाले नयाँ वर्षको अवसरमा लेगोसमा अप्रिल १ मा आयोजना गरेको कार्यक्रममा गीत गाएका हुन् ।

नेपाली संगीत क्षेत्रमा ‘भर्सटायल’ गायकका रूपमा स्थापित राईले एक हजारभन्दा बढी फिल्ममा स्वर दिइसकेका छन् । उनका ‘दर्शन नमस्ते’, ‘स्यामुना’, ‘राई इज किङ’ लगायत एल्बम चर्चित छन् ।

Rajesh

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७