रौतहटमा दलहरुसहित स्वतन्त्रको उम्मेदवारी


१७ कार्तिक २०७४, शुक्रबार
Rautahat district

रौतहट : प्रतिनिधिसभा र प्रदेशसभाका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले बिहिबार मनोनयन दर्ता गराएका छन् ।

Rautahat district

वाम गठबन्धनले संयुक्त रुपमा मनोनयन दर्ता गराएको छ । त्यस्तै राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालले तालमेल गरेका छन् । नेपाली काँग्रेसले भने राजपासँग गठबन्धन नभएपछि चार वटै क्षेत्रमा आफ्नो उम्मेदवारी दर्ता गराएको छ ।

कांग्रेसबाट १ नं क्षेत्रमा प्रतिनिधिसभामा कृष्ण यादव, प्रदेशसभामा नागेन्द्र साह र राजेश जैयसवाल, २ मा प्रतिनिधिसभामा मोहम्मद आफताब आलम, प्रदेशसभामा रामचन्द्र गिरी र नागेन्द्र सिन्हाले मनोनयन दर्ता गराएका छन् ।

क्षेत्र नं ३ मा प्रतिनिधिसभामा सुुनिल यादव, प्रदेशसभामा रामनारायण यादव र शेष सराजुन, क्षेत्र नं ४ प्रतिनिधिसभामा देवप्रसाद तिमल्सिना, प्रदेशसभा कमा धनलाल ठोकर र खमा रामज्ञा राय यादवले मनोनयन दर्ता गराउए ।

यसैगरी वाम गठबन्धनबाट प्रतिनिधिसभामा क्षेत्र नं १ मा नेकपा (माओवादी केन्द्र)का सत्यनारायण भगत, प्रदेशसभा १ को खमा उपेन्द्र साह, प्रदेशसभा २ खमा सुरेश जैयसवाल, प्रतिनिधिसभा क्षेत्र नं २ मा नेकपा (एमाले)का मुस्ताक आलमले उम्मेदवारी दर्ता गराए ।

प्रतिनिधिसभा क्षेत्र नं ३ मा माओवादी केन्द्रका प्रभु साह, प्रदेशसभा कमा एमालेका नागेन्द्र यादव, खमा कुन्दन कुशवाहा तथा प्रतिनिधिसभा क्षेत्र नं ४ मा एमालेका डा वंशीधर मिश्र एवं प्रदेश कमा देवेन्द्र पटेल र खमा नागेन्द्र यादवले दर्ता गराएका छन् ।

यसैगरी राजपा फोरम गठबन्धनबाट प्रतिनिधिसभा क्षेत्र नं १ मा अनिलकुमार झा, प्रदेशसभा कमा बाबुुलाल साह, खमा योगेन्द्र यादव तथा प्रतिनिधिसभा क्षेत्र नं २ मा किरण साह तथा प्रदेशसभा कमा रामकिशोर यादव र खमा रामशंकर ठाकुरले मनोनयन दर्ता गराए ।

प्रतिनिधिसभा क्षेत्र नं ३ मा ओमप्रकाश जयसवाल, प्रदेशसभामा गोविन्द चौधरी र वृजकिशोर यादव, प्रतिनिधिसभा क्षेत्र नं ४ मा राजपाका कन्थमणि जयसवाल र प्रदेशसभा कमा प्रदीपशम्शेर जबरा र खमा मुक्तिनाथ चौधरीले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७