टि–२० विश्वकप छनोटको लागि नेपाली महिला क्रिकेट खेलाडी छनोट


१७ कार्तिक २०७४, शुक्रबार
nepal women criekt team

काठमाडौँ : आइसिसी महिला टि–ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया क्षेत्रको छनोटका लागि १७ सदस्यीय नेपाली महिला क्रिकेट टोलीको घोषणा भएको छ ।nepal women criekt team

आइसिसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, महिला राष्ट्रिय टोलीका प्रशिक्षक सामसोनजंग थापा र कप्तान रुविना क्षेत्री सम्मिलित टिमले तीन वैकल्पिक खेलाडीसहित १७ सदस्यीय नेपाली टोलीको छनोट गरेको हो ।

छनोट हुने नेपाली टोलीका सदस्यमा उपकप्तान सीता रानामगर, नेरी थापा, ज्योति पाण्डे, सरिता मगर, रोमा थापा, सोनु खड्का, रितु कनोजिया, सवनम राई, लक्ष्मी चौधरी, काजल श्रेष्ठ, इन्दु बर्मा, करुणा भण्डारी र संगीता राई छन् ।

त्यसैगरी वैकल्पिकतर्फ नितु भण्डारी, रेखा रावल र कविता कुँवर रहेका छन् । थाइल्याण्डमा आगामी मंसिर ४ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने टि–ट्वेन्टी विश्वकप एशिया छनोट खेलमा नेपालसहित आयोजक थाइल्याण्ड, हङ्कङ, मलेसिया, संयुक्त अरब इमिरेट्स ९युएइ० र चीन सहभागी छन् ।

नेपालले आफ्नो पहिलो खेल मंसिर ४ गते आयोजक थाइल्याण्डसँग, दोस्रो खेल ५ गते हङ्कङसँग, तेस्रो खेल ७ गते युएईसँग, चौथो खेल ८ गते मलेसियासँग र छनोट चरणको अन्तिम खेल मंसिर १० गते चीनसँग खेल्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७