मनोनयनपत्र दर्तापछि माधव नेपालको मुस्कान (फोटो फिचर)


१६ कार्तिक २०७४, बिहीबार
Madav Nepal 22brr

काठमाडौँ : आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौँ क्षेत्र न २ मा नेकपा (एमाले)का वरिष्ठ नेता एंव पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मनोनय पत्र दर्ता गराएका छन् । वामगठबन्धनका साझा उम्मेदवार वरिष्ठ नेता नेपालले दुबै पार्टीका नेता तथा कार्यकर्ताहरु पुगेर मनोनयत पत्र दर्ता गराएका हुन् । मनोनयन दर्तापछि निकै हसिलो मुद्रामा प्रस्तुत भए । नेता नेपालले काठमाडौंबासीको मायाले तानेका कारण क्षेत्र नम्बर दुईबाट उम्मेदवारी दिएको बताए । उनले भने, ‘मलाई यो पटक काठमाडौंले तान्यो, काठमाडौं क्षेत्र नम्बर दुईका जनताले निकै माया गर्नु भयो, उहाँहरुको माया र स्नेहले मैले काठमाडौं रोजेको हुँ ।’

नेता नेपालले दुई नम्बरको विकासका लागि आफुले सदैव काम गरिरहेको र आगामी दिनमा त्यहाँका जनताको विकासको चाहना जनप्रतिनिधिको हिसाबले पुरा गर्ने प्रतिबद्वता जनाउनु जनाए । भने,‘ दुई नम्बर क्षेत्रमा करोडौंका प्रोजेक्ट मेरै पहलमा सुरु भएका छन्, मेरो घरपनि दुई नम्बर क्षेत्र कोटेश्वरमा रहेका छ । दुई नम्बरका जनताले दिएको जिम्मेवारी पुरा गर्दै, त्यहाँ विकास निर्माणमा मेरो सदैव सहयोग हुने छ ।’

madhava nepal

madhave nepal sanu kumarmadhav nepal sanu kumar sharethaMadav Nepal 22brrMadav Nepal 22bDSC0533

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७