यसरी भयो झापामा केपी ओलीको मनोनयन(फोटो फिचर)


१६ कार्तिक २०७४, बिहीबार
KP Oli 1

झापा: एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा ५ बाट प्रतिनिधिसभाका लागि उमेदवारी दर्ता गराएका छन् । अध्यक्ष ओलीले वाम गठबन्धन बनेपछि कांग्रेस हताश मनस्थितिबाट गुज्रिएको बताए। ‘यतिसाह्रो कुन्ठा र अफवाह नचलाइए हुन्थ्यो’, ओलीले भने ‘यति साह्रो हतास भएर टिप्पणी गर्नु ठीक होइन, कसैले पनि यस्ता आरोप लगाएर राजनीति गर्नु उचित होइन ।’झापा क्षेत्र नम्बर ५ मा मनोनयन दर्ता गराउने क्रममा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले वाम गठबन्धनविरुद्ध कांग्रेसले सुनियोजितरुपमाा अफवाह फैल्याएको बताए ।

 

‘कुनै बेला सरकारमा आयो भने एमालेले बुढाबुढीलाई गोली हान्छ भनेर हल्ला चलाइयो’, ओलीले भने, ‘अहिले वाम गठबन्धनले तानाशाही शासन ल्याउँछ भनिँदैछ । लोकतन्त्रका लागि लडेका हामीमाथि कसरी यस्तो आरोप लगाउन सकेको हो ?’ लोकतन्त्र ल्याएका दलमाथि यस्ता आरोप लगाउनु उचित नहुने ओलीको भनाई थियो । ‘सरकारमा बसेर प्रतिपक्ष सिद्धयाउँछु भन्छन्’, ओलीले भने, ‘बहुदल र लोकतन्त्रका लागि लडेका हामीमाथि तानाशाही बन्ने आरोप हतास मानसिकताको उपज हो ।’

बिहीबार काठमाडौंबाट उमेदवारी दर्ता गर्न झापा पुगेका ओलीले २ बजे उमेदवारी दर्ताका लागि समय लिएका थिए । उनले एमाले–माओवादीको संयुक्त गठबन्धनबाट उमेदवारी दिएका हुन् । उनीविरुद्ध नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले उमेदवारी दिएका छन् । यसअघि झापा ७ बाट उमेदवार बन्दै आएका ओली नयाँ संरचनाअनुसार पाँच क्षेत्र भएपछि सो क्षेत्रमा पुगेका हुन् ।

KP Oli 3

KP Oli 7

KP Oli 1

KP Oli 4

KP Oli 8

 

KP Oli 8

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७