धनराज गुरुङद्वारा प्रदेशसभाको टिकट अस्वीकार गरे


१५ कार्तिक २०७४, बुधबार
Dhanraj gurung congress

काठमाडौं : नेपाली कांग्रेसका नेता धनराज गुरुङले प्रदेशसभाको टिकट अस्वीकार गरेका छन् । कांग्रेस संसदीय समितिले निवर्तमान सांसद समेत रहेका गुरुङलाई स्याङ्जा १ को (ख) मा उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, प्रतिनिधिसभा सदस्यको दाबेदार गुरुङले प्रदेशमा नजाने अडान लिँदै पार्टी निर्णय अस्वीकार गरे ।Dhanraj gurung congress

प्रदेशसभामा उम्मेदवार बनाउने निर्णय भए लगतै बालुवाटार पुगेर गुरुङ संसदीय समितिका सदस्यहरुका सामू टिकट नलिने घोषणा गरेका छन् । संघको दिने भए दिनुस् नभए प्रदेशको टिकट तपाईहरु नै राख्नुस् भनेको छु’ गुरुङले भने ।
गुरुङले मन्त्री त नबनाउनेले मुख्यमन्त्री बनाउँछु भनेर दिएको आश्वासनमा आफू नपर्ने गुरुङले बताएका छन् ।
स्याङ्जा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा राजु थापालाई टिकट दिइएको छ । प्रदेशतर्फ ‘क’मा कमल पंगेनीलाई टिकट दिइएको छ । २ मा प्रतिनिधिसभातर्फ गोपालमान श्रेष्ठ र प्रदेशतर्फ ‘क’मा विष्णु पौडेल र ‘ख’मा भगतप्रकाश मल्ललाई काँग्रेसले उम्मेदवार बनाउने निर्णय गरेको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७