राजपालाई कांग्रेससँग तालमेल गर्न ‘रअ’ प्रमुखको दवाब


१५ कार्तिक २०७४, बुधबार
Mahantha Thakur and Sher Bahadur Deuba

काठमाडाैं : भारतीय खुफिया एजेन्सी रिसर्च एन्ड एन्यालाइसिस विङ (रअ)का नेपाल स्टेशसन चिफ विवेक जोहोरीले नेपाली कांग्रेस र तराई मधेस केन्द्र्रीत दल राष्ट्रिय जनता पार्टी(राजपा) बीच चुनावी तालमेल गर्न दबाब दिन सुरु गरेका छन् । धनुषा लगायतका केही निर्वाचन क्षेत्रमा राजपा र कांग्रेसका नेताहरुबिच नै तिव्र प्रतिस्पर्धा हुने देखिएपछि रअ प्रमुख विवेक जोहोरीले सक्रियता बढाएका हुन् ।

Mahantha Thakur and Sher Bahadur Deuba

राजपा राजेन्द्र महतो धनुषा ३ बाट उम्मेदवार दिने अडान नछोडेपछि रअ प्रमुख विवेक जोहोरीले दिनभरी दुबै दलका नेताहरुलाई भेटेर अभियान चलाएका छन् । धनुषा ३ बाट नेपाली कांग्रेसका प्रभावशाली नेता एंव भारतको विश्वास पात्रको रुपमा हेरिएको विमलेन्द्र निधिले लड्ने तयारी गरेका छन् । तर, महतोले त्यही क्षेत्रबाट कुनै हालतमा पनि लड्ने अडान लिएपछि रअ प्रमुख विवेक जोहोरीको सक्रियता बढेको हो । स्रोतका अनुसार धनुषा ३ मा निधि र महतोको प्रतिस्पर्धाको चर्चा दिल्लीसम्म पुगेपछि रअ प्रमुख विवेक जोहोरी सक्रिय भएका हुन् ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र महतोबिच मंगलबार बेलुका तालमेलको बिषयमा वार्ता भएको थियो । तर, महतोले अडान नछोडेपछि वार्ता विना निर्णय सकिएको थियो । देउवाले महतोलाई बुधबार पटक पटक फोन गरे धनुषा ३ छोड्न अनुरोध गरेका थिए । सर्लाही ४ का काँग्रेस उम्मेदवार अमरेश सिंहलाई फिर्ता बोलाएर सो क्षेत्र महतोलाई छोड्ने प्रस्ताव देउवाले राखेका थिए । बुधबार पनि कांग्रेस नेता प्रदीप गिरिको पहलमा राजपाका नेताहरु बालुवाटार पुगेका थिए । तर, धनुषा ३ निधिलाई छोड्न भनेपछि महतोसहितका राजपा नेताहरु आधा घन्टा पनि नबसी बालुवाटारबाट बाहिरिएका थिए।

यसपछि प्रधानमन्त्री देउवालाई भेट्न रअ प्रमुख विवेक जोहोरी बालुवाटार पुगेका थिए । त्यसपछि देउवाले रअ प्रमुख विवेक जोहोरीलाई राजपा र कांग्रेस तालमेल र समस्याको बारेमा बिस्तारमा बताउदै सहयोग गर्न आग्रह गरेका थिए । यसपछि महतो र राजपाका नेताहरुलाई भारतीय दूतावासबाट राजपा नेताहरुलाई फोन आउन सुरु भयो। प्रधानमन्त्रीको फोन रिसिभ नगरेका राजेन्द्र महतोले भारतीय दूतावासबाट फोन उठाए तर धनुषा ३ मा सहमति गर्न नसक्ने जवाफ दिए। दूतावासबाट त्यसपछि राजपाका अन्य नेताहरुलाई फोन गएपछि उनीहरु वार्ताका लागि तयार भएको स्रोतका दाबी छ । रअ प्रमुख विवेक जोहोरीको समन्वयपछि राजपाका नेता महन्त ठाकुर लगायतका नेताहरु बालुवाटार पुगेका छन् । कांग्रेस र राजपा नेताहरु बिच अहिले जारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७