विमलेन्द्रविरुद्ध राजेन्द्र महतोको उम्मेदवारी


१५ कार्तिक २०७४, बुधबार
rajendra bimalendra YZrUKr0ewd

काठमाडौं: कांग्रेस नेता विमलेन्द्र निधीले चुनाव लड्न लागेको धनुषा क्षेत्र नम्बर ३ मा राजपा नेता राजेन्द्र महतोले उम्मेदवारी घोषणा गरेका छन् ।rajendra bimalendra YZrUKr0ewd

बुधबार दिनभरि बसेको राजपाको शीर्ष बैठकले ६ जना अध्यक्ष मण्डलका नेताहरु प्रतिनिधिसभामा प्रत्यक्ष चुनाव लड्ने निर्णय गरेको छ । राजपा बैठकले प्रतिनिधिसभातर्फ ८३ जना र प्रदेशसभातर्फ १४५ जना उम्मेदवारको टुंगो लगाएको छ ।

राजपाका शीर्ष नेतामध्ये महन्थ ठाकुर महोत्तरी ३ बाट प्रतिनिधिसभामा चुनाव लड्ने भएका छन् । ठाकुरलाई मुख्यमन्त्रीका रुपमा प्रदेशसभामा चुनाव लडाइने राजपा नेता लक्ष्मणलाल कर्णले बताएका थिए । तर, अन्ततः उनी प्रतिनिधिसभामै लड्ने भएका छन् । त्यसैगरी अर्का नेता शरतसिंह भण्डारी सर्लाही २ बाट चुनाव लड्ने भएका छन् । अनिल झा रौतहट १ बाट प्रतिनिधिसभामा लड्ने भएका छन् ।

अध्यक्ष मण्डलका अर्का नेता राजकिशोर यादव सिराहा ४ बाट चुनाव लड्ने निर्णय भएको राजपाले जनाएको छ । अर्का केन्द्रीय नेता जितेन्द्र सोनल बारा ४ बाट चुनाव लड्ने भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७