निशान खड्का अपहरण काण्ड : ‘इन्काउन्टर’मा परेका अपहरणकारीका आफन्त मानवअधिकार आयोग पुगे


२३ श्रावण २०७५, बुधबार
Featuer


काठमाडौं, २३ साउन । भक्तपुर काँडाघारीका ११ वर्षीय बालक निशान खड्का अपहरण काण्डमा ‘इन्काउन्टर’ गरिएका दुईजना अपहरणकारीका आफन्त राष्ट्रिय मानव अधिकार आयोग पुगेका छन् ।


अपहरणकारीलाई प्रक्राउ गरी अनुसन्धान गर्नुको सट्टा हत्या गरेर ‘इन्काउन्टर’ भनेको भन्दै उनीहरु बुधबार राष्ट्रिय मानव अधिकार आयोगको कार्यलय पुगेका हुन् । प्रहरीको ‘इन्काउन्टर’मा नुवाकोटका २२ वर्षीय गोपाल तामाङ र सिन्धुपाल्चोकका २३ वर्षीय अजय तामाङको मृत्यु भएको थियो । उनीहरुले घटनाको निष्पक्ष छानविनको माग गर्दैै लिखित निवेदन दर्ता गराएका हुन् ।

याे पनि पढ्नुहाेस्
प्रहरीमा नयाँ हाकिम आउनासाथ कम्तीमा एक इन्काउन्टर निश्चित
‘मारिएकाको खुट्टामा कसरी चप्पल ?’ कसरी पेन्टर हातमा आयो पेस्तोल ?त्यो एसएमएस !
अपहरणकारी मात्र होइन, प्रमाण पनि मारियो
यसरी भयो ११ बर्षीय निसानको हत्या, झरीसँगै आँसुको बर्षा

आइतबार भक्तपुरको काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय बालकको शव गाडेको अवस्थामा भेटिएपछि खोजीमा गएको प्रहरीले दुईजना युवालाई अपहरणकारी भन्दै इन्काउन्टर गरेको बताएको थियो । तर, छिमेकीले उनीहरुलाई प्रहरीले कोठाबाटै पक्राउ गरेर लगेको कुरा सार्वजनिक गरेपछि प्रहरी माथिनै शंका गर्न थालिएको छ ।

आइतबार साँझ अपहरणमा परेका बालक खड्काको अवस्थाबारे समयमै पत्ता लगाउन र उनलाई बचाउन नसकेको प्रहरीले अपहरणकारी (हत्यारा) पत्ता लगाएर उनीहरू बसिरहेको डेराबाट सम्पूर्ण छिमेकीका अघिल्तिर पक्राउ गरी लगेकाे बताउँछन् ।

आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा लगेर बुझाउनु भनेर लगिएको उनीहरुलाई ११ किमि पर जंगलमा लगी इन्काउन्टरको नाममा मारिएको प्रहरी माथि आरोप लागेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७