प्रचण्डलाई नवीना लामाले सघाउने, ओलीलाई रन्जित तामाङले


१५ कार्तिक २०७४, बुधबार
nabina lama

काठमाडौँ: नेकपा एमाले र माओवादी केन्द्रका विद्यार्थी संगठन प्रमुख एकअर्काका पार्टी अध्यक्षको चुनावी प्रचारमा खटिने भएका छन्।nabina lama

अनेरास्वयुकी अध्यक्ष नविना लामाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जिताउने अभियानमा लाग्ने भएका छन्। दुबै संगठनको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीको बुधबार बसेको संयुक्त बैठकले ११ हजार ११ सदस्यीय वाम विद्यार्थी परिचालन कमिटी गठन गरेको छ । दुवै संगठनका बुधबार साँझ हुने विशेष कार्यकर्ता भेलालाई वाम नेता शंकर पोखरेल र वर्षमान पुनले प्रशिक्षण समेत दिने कार्यक्रम छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७