काँग्रेसबाट काभ्रे १ प्रदेशसभा उम्मेदवार गुण्डा नाइके लामा


१५ कार्तिक २०७४, बुधबार
godesh lama

काठमाडौं : नेपाली काँग्रेसले काभ्रे क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचनमा गुण नाइके भनेर चिनिने गणेश लामालाई उम्मेदवार बनाएका छन् ।
बिहीबार काँग्रेस संसदीय बोर्डको बैठकले गुण्डा लामालाई काभ्रे क्षेत्र नम्बर १ को (ख)बाटा उम्मेदवार बनाउँने निर्ण गरेको हो ।

godesh lama
काङग्रेसले वाम गठबन्धनसँग प्रतिसप्रधा गर्न प्रतिनिधिसभा सदसयको लागि काभ्रे १ तीर्थ लामालाई टिकट दिएको छ । भने, २ मा जिल्ला सभापति मधु आचार्यलाई दिएको छ ।
काँग्रेसले प्रदेशसभामा क्षेत्र नम्बर १ को ‘क’मा सीबी लामा र ‘ख’मा गणेश लामा तथा क्षेत्र नम्बर २ को ‘क’ मा सुन्दरमणी आचार्य र ‘ख’ मा कन्चनवादे श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।
वामपन्थी गठबन्धनको भने काभ्रेमा उम्मेदवार तय भइसकेका छैनन् । लामा विशेष गरी विजयकुमार गच्छदार निकट मानिन्छन् । उनी गच्छदार नेतृत्व फोरम लोकतान्त्रिकसँगै काँग्रेसमा आएका हुन् ।
उनीविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा चलिरहेको छ । लामा काभ्रेली समूह काठमाडौं सहितका क्षेत्रमा असुली तथा अपहरण लगायतका संलग्न हुने गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७