ताप्लेजुङलाई नमुना जिल्ला बनाउँछु : योगेश भट्टराई


१५ कार्तिक २०७४, बुधबार
Yogesh Bhattarai

ताप्लेजुङ :  एमाले सचिव योगेश भट्टराईले अबको ५० वर्षसम्म वामपन्थी शक्तिले सरकार चालाउने दावी गरेका छन् । बुधबार विहान ताप्लेजुङमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले देशभर चलिरहेको वाम गठबन्धनको चुनावी लहर र एकताको कारण प्रदेशसभा र प्रतिनिधिसभा मात्र नभई ५० वर्षसम्मका सबै चुनाव वामपन्थीहरुले नै जितेर सत्ता चलाउने अवस्था बनेको बताए ।

Yogesh Bhattarai

२००७ सालदेखि बीचमा केही समय छोडेर अधिकांश समय कांग्रेसले सत्ता सञ्चालन गरे पनि देशमा आर्थिक र सामाजिक क्रान्ति गर्न नसकेकाले नै विकास र समृद्धिका लागि पनि कम्युनिष्टहरुको एकता भएको उनको भनाइ छ । सचिव भट्टराईले केन्द्रीय पहुँचको आधारमा आफ्नै ठाउँबाट विकास सुरु गर्ने लक्ष्यबमोजिम गृह जिल्लाबाट उम्मेदवारी दिएको स्पष्ट पारे ।

ताप्लेजुङ विकट जिल्ला भनेर देशभर चिनिएकाले यसलाई नमूना जिल्लाको रुपमा विकास गर्ने लक्ष्य आफूले लिएको भट्टराईले जानकारी दिए । ताप्लेजुङलाई केन्द्र बनाएर नेपाल–भारत–चीन त्रिदेशीय व्यापारको संभावना रहेको उल्लेख गर्दै उनले आफ्नो पहिलो प्राथमिकता चीन जोड्ने सडकको निर्माण सम्पन्न गर्नु रहेको बताए । गाउँ–गाउँसम्म सडक सञ्जाल विस्तार र शिक्षामा सबैको पहुँच पुर्याउनु पनि उत्तिकै प्राथमिकताको विषय रहेको उनको भनाइ छ ।

उनले जिल्लामा एमाले–माओवादी केन्द्रसँग मात्र नभई सबै राजनीतिक दलका उच्च नेता सँगको सल्लाहबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७