रानीमहलमा नयाँ वर्ष मनाउन गएका दुई युवक बेपत्ता


१ बैशाख २०७५, शनिबार
रानी महल rani mahal 14
रानी महल rani mahal 2
फायल तस्बिर

पाल्पा, १ वैशाख:  पाल्पाको रानीमहलमा नयाँ वर्ष मनाउन गएका दुई युवक कालीगण्डकी नदीमा आज बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ऋदिकोट गाउँपालिका–३ हाथुकका १८ वर्षीय संगम कार्की र सोही स्थानका १८ वर्षे आयुश खनाल छन् ।

बगनासकाली गाउँपालिका–८ रानीमहल नजिकैको कालीगण्डकी नदीमा बन्दै गरेको पुलनिर पौडी खेल्ने क्रममा बेपत्ता भएको अस्थायी प्रहरी बिट रानी महलका प्रमुख डिल्लीराम भट्टराईले बताए ।बेपत्ताको खोजीकार्य जारी रहेको पनि उनले बताए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७