न्युयोर्कमा ट्रक आक्रमण, ८ को मृत्यु, ११ गम्भीर घाइते


१५ कार्तिक २०७४, बुधबार
newyork

न्युयोर्क :  न्युयोर्कस्थित म्यानह्याटनमा मानिसहरु हिँडिरहेको भीडमा न्युयोर्कमा ‘ट्रक आक्रमण’ हुँदा ८ को मृत्यु भएकाे छ ।

newyork

एक आक्रमणकारीले  ‘अल्लाह हु अकवर’ भन्दै जथाभावी  ट्रक चलाउँदा ८ जनाको मृत्यु भएको छ भने ११ जना गम्भीर घाइते भएका हाे ।  स्थानीय सुरक्षा अधिकारीका अनुसार मानिसहरु हिँडडुल गर्ने तथा साइकल चलाउने बाटोमा जथाभावी ट्रक चलाएर आक्रमण गरिएको हो।

प्रत्यक्षदर्शिहरुले बताए अनुसार अा्कमणकारीले  जथाभावी मध्य बाटो हुँदै साइकिल र पैदल यात्रु हिँड्ने बाटोमा चलाइएको ट्रकले बस र  अन्य सवारी साधनलाई ठक्कर दिएको थियो।

न्युयोर्क पुलिसका अनुसार प्रहरीले चलाएको गोली लागेर नियन्त्रणमा लिएका एक जना बाहेक अन्य केही पनि पत्ता लागेको छैन। ‘आक्रमणकारीसँग २ वटा सानो बन्दुक पनि भेटिएको छ,’ न्युयोर्क प्रहरीले भन्यो।

मध्यपूर्वका २९ वर्षिय युवकले ट्रक चलाएको सुरक्षा अधिकारीले प्रष्ट पारेका छन्। ‘आक्रमणकारीलाई अहिले अस्पतालमा राखिएको छ,’ न्युयोर्क पुलिसले ट्वीट गर्दै भनेको छ।

न्युयोर्कको यो आक्रमणलाई आतंककारी आक्रमणको संज्ञा दिदै न्युयोर्कका मेयर बिल ब्लासियोले भने, ‘सर्वसाधारणमाथि गरिएको यो आतंककारी आक्रमण निन्दायोग्य छ। यसको छानबिन पछि मात्र हामी बाँकी कुरा बाहिर ल्याउन सक्ने छौ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७