एमाले र माओवादीका ३ पूर्वसांसद कांग्रेसमा प्रवेश


१५ कार्तिक २०७४, बुधबार
Uml to congress

काठमाडाैं : एमाले र माओवादीका तीन पूर्वसांसद कांग्रेसमा प्रवेश गरेका छन् । एमालेबाट गत संविधानसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट एमालेबाट जितेका सांसद मोहनसिंह राठौर, माओवादी केन्द्रबाट सर्लाही १ बाट जितेका शम्भुलाल श्रेष्ठ कांग्रेसका प्रवेश गरेका हुन् । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।

Uml to congress

उनी देउवा नेतृत्वको सरकारमा विनाविभागिय मन्त्री छन् । श्रेष्ठले गत संविधानसभाको निर्वाचनमा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई पराजित गरेका थिए । श्रेष्ठ दोस्रो संविधानसभाको निर्वाचन हुनु पहिले कांगेसमै थिए । उनलाई कांग्रेसले टिकट नदिएपछि माओवादीमा प्रवेश गरेका थिए र माओवादीले उनलाई टिकट दिएको थियो ।

दुवै पूर्वसांसदलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा प्रवेश गराएका हुन् । एमालेबाट सांसद बनेकी रविना चौधरी पनि कांग्रेस प्रवेश गरेकी छिन् । सांसदहरुलाई सभापति देउवाले पार्टीको सदस्यता दिंदै कांग्रेसमा प्रवेश गराएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७