एमालेका २ पूर्वसांसद र माओवादीका राज्यमन्त्री श्रेष्ठ काँग्रेस प्रवेश


१४ कार्तिक २०७४, मंगलवार
party prabesh uml to congress

काठमाडौं : काँग्रेस र माओवादी केन्द्रको सत्ता साझेदारमा राज्यमन्त्री बनेको शम्भुलाल श्रेष्ठ र नेकपा एमालेका २ पूर्व सांसद पार्टी परित्याग गर्दै काँग्रेसमा प्रवेश गरेको छ ।
मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटार आयोजित एक कार्यक्रमबिच श्रेष्ठसहित एमालेका कैलालीका प्रभावशाली नेता तथा पूर्वसांसद मोहनसिंह राठौंर र रवनी चौधरी काँग्रेस प्रवेश गरेका छन्।

party prabesh uml to congress
राज्यमन्त्री श्रेष्ठले २०७० सालको संविधान सभा निर्वाचनमा एमाले नेता झलनाथ खनाललाई सर्लाही–१ मा पराजित गरेका थिए। माओवादी केन्द्रका सबै मन्त्रीलाई केही समय अगाडी नै प्रधानमन्त्री देउवाले विनाविभागिय मन्त्री बनाएका थिए । विनाविभागीय बनाइनुअघि उनी स्वास्थ्य राज्यमन्त्री थिए ।
यता राठौर २०७० को चुनावमा कैलाली २ बाट निर्वाचित भएका थिए । स्रोतका अनुसार राठौर काँग्रेसबाट चुनाव लड्ने तयारीका साथ काँग्रेस प्रवेश बताएको छ । चौधरी २०७० मा एमालेको समानुपातिक कोटामा सांसद बनेकी थिइन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७