कतारमा ठगिएकाको पाँच जना नेपाली उद्धार


१४ कार्तिक २०७४, मंगलवार
qatar

खोटाङ: कात्तिक वैदेशिक रोजगारीको सिलसिलामा कतारमा ठगिएका पाँच जनाको उद्धार गरिएको छ । सम्झौताअनुसार काम र लामो समयसम्म तलबसमेत नपाएको भन्दै दिक्तेलस्थित सामी परियोजनामा उजुरी दिएपछि उनीहरुको उद्धार गरिएको हो ।qatar

रुपाकोट मझुवागढी नगरपालिका–३ खाल्लेका राजेन्द्र खड्का, कर्णबहादुर खड्का र सोही नगरपालिका–१० पाथेकाका धनकेशर गिरी, उदयपुरका प्रकाश राई र दाङका विशाल चौधरीको उद्धार गरिएको सुरक्षित आप्रवासन परियोजना ९सामी०का परामर्शकर्ता अम्बिका दाहालले जानकारी दिए ।

योङ म्यान पावर कम्पनीबाट मासिक एक हजार १०० रियाल तलबमा सिकर्मीको रुपमा छ महिना अघि कतार पुगेका धनकेशरले हेल्परको काम दिनुका साथै चार महिनासम्म तलब नदिएको भन्दै उद्धार गरिदिन सामी परियोजनाको दिक्तेलस्थित कार्यालयमा सम्पर्क गरेका थिए । ठगीमा परेका गिरी स्वयंले टेलिफोन सम्पर्क गरी आफन्तमार्फत सामीमा कागजात उपलब्ध गराएका थिए ।

यस्तै, इन्टरनेशनल जब लिङ्क म्यानपावर कम्पनीबाट जनही रु ७० हजारका दरले रकम बुझाएर नौ महिना अघि कतार पुगेका खाल्लेका खड्कालाई पछिल्लो चार महिना लगातार तलब नदिएको बताइएको छ । गत असारदेखि तलब नपाएपछि घरमा सम्पर्क गरी सूचना तथा परामर्श केन्द्रमा कागजात पु¥याइ उद्धारका लागि पहल गरिदिन आग्रह गरिएको थियो । वैदेशिक रोजगारीमा जानु पूर्व घरमै छाडिएको कागजपत्रको प्रतिलिपि परिवारमार्फत उपलब्ध भएलगत्तै वैदेशिक रोजगार विभागमा मुद्दा दर्ता गरेको करिब एक सातामै उनीहरुलाई नेपाल फर्काइएको परामर्शकर्ता दाहालले बताए।

ठगिएका पाँचै जनालाई सूचना तथा परामर्श केन्द्रको समन्वय तथा निःशुल्क कानूनी सहायता प्रदान गर्ने संस्था पिपुल्स फोरमको सहयोगमा मुद्दा दर्ता गरिएको थियो । ठगीमा परेर नेपाल फर्किएकामध्ये खाल्लेका कर्णबहादुर र राजेन्द्रले कतार जाँदा बुझाएको जनही रु ७० हजार एजेण्टले फिर्ता गरिदिने सर्त राखेको बताइएको छ । ठगीमा पर्ने अन्य तीन जनाको हकमा थप अनुसन्धान गर्ने काम भइरहेको सामीले जनाएको छ । उद्धार गरिएका उनीहरुले काठमाडौँ आएलगत्तै क्षतिपूर्तिको प्रक्रिया अगाडि बढाइएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७